
काठमाडौं । तपाईलाई आफ्नो कपडा धुन कत्तिको जाँगर लाग्छ ? घरधन्दामा कत्तिको ब्यस्त हुनुहुन्छ ? कहिलेकाहीँ आफ्नो घरको अनेकौं काम सम्झेर दिक्क त लाग्दैन ? यदि त्यसै हो भने धन्दा नमान्नुहोस् ! तपाईंलाई सब घर धन्दाबाट मुक्त हुनको लागि पनि विकल्प निस्कियो बजारमा !
जान्नलाई निकै रोचक लाग्ने हुनसक्छ तर, वास्तविक हो की बजारमा अब कपडा धोईदिने र पट्याइदिने रोबोट पनि आउँदैछ । यस्तो रोबोट जस्ले तपाईंलाई कपडा लगाउन आवश्यक परेको वेला स्वागत गर्नेछ ।
हाल सम्म राम्रो ज्ञात भएको लन्ड्री मेसिन भनेको जापानको लन्ड्रोइड कम्पनीको लन्ड्री मेसिन हो ।
तर, हालै मात्र एउटा यस्तो रोबोटको अविस्कार गरिएको छ जो सँग छुट्टै सफ्टवेयर पनि जडित छ । अमेरिकाको केलिफोर्निया विश्वविद्यालयले सफ्टवेयर बर्कले र रिथिन रोबोटिक्सले त्यसको हार्डवेयरको डिजाईन गरेका छन् ।
अलि झन्झटिलो कुरा के भने लन्ड्री मेसिनले एउटा कपडा पट्याउन चार मिनेट मात्र लगाउँथ्यो भने रिथिन रोबोटिक्सले पन्ध्र मिनेट लगाउने छ ।

उक्त रोबोटले कपडा धुने वा पट्याउने काममा मात्र सहयोग गर्ने छैन । उसले घरका अनेकौं धन्दामा पनि सघाउने छ । आवश्यकता अनुसार विभिन्न लेसनहरु दिएर रोबोटलाई प्रयोग गर्न सकिने छ ।
वास्तवमा हामी मानवका लागि घरधन्दा निकै सहज र छिटो हुन्छ । जुन काम यस्ता मेसिनहरुले गर्नु पर्यो भने अवस्य पनि निकै कठिन बन्छ । किनकी तिनीहरुले यसलाई बुझ्नै कठिन हुन्छ र उपयोग गर्न पनि मानिहरुको तुलनामा मेसिनरी सामानहरुलाई गाह्रो हुने वैज्ञानिकहरु बताउँछन् ।
एप्पलमा सिरीले काम गरे जस्तै अनेकौं निर्देशनहरु दिएर ती मेसिनरी सामानहरुलाई कजाउन सकिने पत्ता लगाउने वैज्ञानिकहरुको तर्क छ । उनीहरुले हाल सम्मको उपलब्धिको रुपमा यसलाई लिएको र पछिल्लो क्रममा फेरि संस्करण गर्दै लैजान सकिने बताए ।
उक्त रोबोट विकास गर्ने टिममा रहेर काम गरिरहेका एकजना वैज्ञानिक सिद्धार्थ श्रीवास्तवले भने, “हामीले एल्गोरिदम विकसित गर्न आवश्यक छ जसले रोबोटलाई कम्तीमा काम गर्नको लागी कम्पाउन्ट गर्न अनुमति दिन्छ ।” –एजेन्सी













प्रतिक्रिया