३ कार्तिक २०८३, मंगलबार

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार एपिएफ र नेपाली सेना भिड्दैछन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मंगलबार आमनेसामने हुन लागेका हुन् ।

हाल सम्मका तीन खेल मध्ये तीनै खेल जितेका दुवै टिम अपराजित अवस्थामा छन् ।
उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।