
काठमाडौँ, १४ साउन । प्रधानन्यायाधीका लागि प्रस्ताव गरिएको दीपकराज जोशीको विषयमा निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक शुरु भएको छ । समिति सचिवालय सिंहदरबारमा जारी बैठकमा जोशीका विषयमा निर्णय सुनाउने तयारी छ ।
शैक्षिक प्रमाणपत्र, विवादस्पद फैसला लगायतका उजुरी परेपछि समितिले जोशीसँग जवाफ मागेपनि सुनुवाई गर्न ढिलाई गर्दै आएको छ । यसअघि समितिको बैठक दुई पटक स्थगित भएको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) जोशीलाई प्रधानन्यायाधीश नबनाउने पक्षमा छ भने काँग्रेस बनाउनुपर्ने पक्षमा छ । १५ सदस्यीय समितिमा नेकपाका ९, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका ४, सत्तारुढ संघीय समाजवादी फोरमका र राजपा नेपालका १÷१ जना सांसद छन् ।
नेकपा र काँग्रेसका सांसदहरु आ–आफ्नो निर्णयमा पुगेपनि बाँकी २ मध्ये संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठ निर्णयमा पुगिसकेका छैनन् । राजपाका सांसद लक्ष्मणलाल कर्णले जेष्ठ सदस्यका हैसियतमा बैठकको अध्यक्षता गर्ने भएकाले उनले आफ्नो मत दिन पाउने छैनन् । समितिको बैठकअघि समितिमा रहेका नेकपाका सांसदहरुले बैठक बसेको थियो ।
आजको बैठकले समेत जोशीको नाम अनुमोदन गर्ने–नगर्ने यकिन नभएको बताइएको छ । तर, नेकपाका सांसदहरु भने आजै निर्णय गर्नुपर्ने पक्षमा छन् ।
जोशीको सुनुवाई गएको विहीबार नै सकिएको थियो । यद्यपी उनको शैक्षिक प्रमाण, विगतमा गरेका फैसला लगायतमा प्रश्न उठेपछि निर्णय सुनाइएको छैन । निर्णय सुनाउन आइतबार डाएिको बैठक आजका लागि सरेको थियो ।















प्रतिक्रिया