३ कार्तिक २०८३, मंगलबार

त्रिकोणात्मक टी–२०ः नेपालको फराकिलो जित, एमसीसी ९ विकेटले पराजित

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, साउन १३ । लर्डसमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत नेपालको पहिलो खेलमा एमसीसीलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ ।
त्रिकोणात्मक श्रृखंला अन्तर्गतको दोस्रो तथा आफ्नो पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको हो । एमसिसीले दिएको ४१ रनको झिनो लक्ष्य नेपालले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मसिसीले निर्धा्रित ६ ओभरमा ४ विकेट गुमाउँदै मात्र ४० रन बनाएको हो । वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि सुरुवाती दुई खेलको ६–६ ओभरमा छोट्याइएको हो ।

एमसिसीलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले २ विकेट लिए । २ ओभर बलिङ गरेका कामीले ८ रन खर्चिएर २ विकेट लिए । नेपालका लागि शक्ति गौचनले एक विकेट लिएका थिए ।

आज महङ्गा साबित भएका सन्दिप लामिछानेले १ ओभरमा १३ रन खर्चिए । कप्तान पारस खड्काले ७ रन दिए भने ललित भण्डारीले ५ रन खर्चिएका थिए । यसअघि वर्षाले प्रभावित भएपछि ६ ओभरमा छोट्याइएको पहिलो खेलमा नेदरल्याण्डले एमसिसीलाई ६ रनले हराएको थियो ।

नेदरल्याण्डले दिएको ७३ रनको लक्ष्य एमसिसिले २ विकेट गुमाएर ६२ रनमा समेटिएपछि पहिलो खेलमा नेदरल्याण्ड विजयी भएको हो । अन्तिममा टी–२० अन्तराष्ट्रियको मान्यता प्राप्त नेपाल र नेदरल्याण्ड्सबीचको खेल पूरै २० ओभरको हुने एमसीसीले जनाएको छ ।