३ कार्तिक २०८३, मंगलबार

उपराष्ट्रपति कप महिला फुटबलः आर्मी विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।

प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले रौतहटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौँलाई पराजित गरेको थियो ।

आर्मीको लागि शर्मिला थापाले दुई र दीपा राईले एक गोल गरेका थिए । थापाले खेलको नवौँ मिनेटमा तथा राईले १२औँ मिनेटमा गोल गरेका थिए । रौतहटका लागि एकमात्र गोल रश्मीकुमारी घिसिङले खेलको ६८औँ मिनेटमा गरेकी थिइन् । –रासस