पुतलीबजार (स्याङजा), ३० पुस । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सञ्जाल स्याङ्जाद्वारा आयोजित पाठेघर अर्थात् आङ खस्ने रोगसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भयो ।
अनुशिक्षण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामचन्द्र अर्यालले पाठेघर खस्ने रोग, रोगका अवस्था तथा कारण र रोकथामका उपायबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका करिब ३५ महिलाको सहभागिता रहेको थियो ।













प्रतिक्रिया