३ कार्तिक २०८३, मंगलबार

ओलीले ‘आइस ब्रेक’ गरेपछि काठमाडौंमै हुने भयो यति ठूलो कार्यक्रम, यसरी हुँदै छ तयारी

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । ‘नेपाल–भारत थिङ्क ट्यांक सम्मेलन २०१८’ काठमाडौंमा हुन लागेको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो सम्मेलनका प्रमुख अतिथि रहेका छन् ।

एसियन इन्ष्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशल अफेयर्स (एआइडीआइए)ले कार्यक्रम गर्न लागेको हो । यो संस्थाका प्रमुख सुनिल केसी हुन् ।

प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्ध सुधारका लागि आइस ब्रेक गरेका बेला यो संस्थाले पहिलो पटक उच्चस्तरीय व्यक्तिलाई राखेर कार्यक्रम गर्न लागेको हो ।

यसअघि पनि ‘एआइडीआइए’ले विभिन्न कार्यक्रम गरिसकेको छ । कार्यक्रममा भाग लिन भारतबाट पनि उच्च अधिकारी र विभिन्न दलका शीर्ष नेताहरू काठमाडौं आउँदै छन् ।

काठमाडौंको होटेल याक एण्ड यतिमा ३१ जुलाई अर्थात साउन १५ गते मंगलबार कार्यक्रम आयोजना गर्न लागेको संस्थाका प्रमुख केसीले बताए ।

सम्मेलनमा प्रचण्डका साथै नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी, भारतीय जनता पार्टीका महासचिव राम माधव, नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, पूर्वमन्त्री गणेश साह, नेकपाका नेता राजन भट्टराई, निर्मलमणि अधिकारी, शम्भुराम सिंखडा, रविन्द्रनाथ भट्टराई, सुजिभ शाक्य, निशा तानिजा, डा.विष्णुदेव पन्त, केशरबहादुर भण्डारी, विनोज बस्नेत, पत्रकार कोशराज कोइराला, पत्रकार सम थापा, लेखक गेजा शर्मा वाग्ले, निर्भान चौधरी, पत्रकार अनिल गिरी, डा.मिर्गेन्द्रबहादुर कार्की, डा.खड्ग कार्की, कुबेर चालिसेलगायतले कार्यक्रममा सहभागिता जनाउनेछन् ।