८ कार्तिक २०८३, आइतबार

एमाले स्थायी समितिमा विपक्षी मोर्चाबारे परामर्श हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN_Uml_Buildingकाठमाडौं, ३० पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपा (एमाल)को स्थायी समितिको बैठक बस्दैछ ।

काठमाडौंमा आज बस्ने बैठकमा एमाओवादीसहितका विपक्षी मोर्चाद्वारा गरिएको संविधानसभा बैठक बहिष्कार र आगामी रणनीतिका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

‘समग्र राजनीतिक विषयमा छलफल गर्न स्थायी समितिको बैठक बस्न लागेको हो’, उनले भने, ‘संविधान निर्माणलाई अघि बढाउने पक्षमा एमाले दृढ भएर लागेको छ ।’

मुलुकको राजनीतिक अवस्था चरम उत्कर्षतर्फ जाँदै गरेका बेला एमालेको स्थायी समितिको बैठक बस्न लागेको हो ।