३ कार्तिक २०८३, मंगलबार

अष्ट्रेलियामा भएको गोल्ड कोस्ट तेक्वान्दो च्याम्पियनसिपमा ३ नेपाली खेलाडी बिजयी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अष्ट्रेलिया, १२ साउन । अष्ट्रेलियामा आयोजित गोल्ड कोस्ट खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले समेत जित हात पारेका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा शनिबार आयोजना गरिएको खेलमा नेपालसँगै चीन, कोरिया, न्युजिल्यान्ड, डेनमार्क लगायत १६ वटा विभिन्न देशका खेलाडीहरुको प्रतिनिधित्व रहेको थियो ।

नेपालको तर्फबाट रञ्जन श्रेष्ठले फाइटमा सिल्वर मेडल र ब्रेकिङमा गोल्ड मेडल हात पारे । त्यस्तै अर्का खेलाडी रेजिना कार्कीले स्पाइरिङमा ब्राउन मेडल, अनिस महर्जनले फाइटिङमा सिल्वर मेडल र ब्रेकिङमा ब्राउन मेडल जित्दै बिजयी भएका हुन् ।

खेलमा नेपालको तर्फबाट खेलाडीहरुको प्रशिक्षक तथा टिम कोचमा विशाल रायमाझी, इन्टरनेसनल रेफ्री तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य अर्जुन केसी लगायतको सहभागिता रहेको थियो ।

खेलमा नेपालको तर्फबाट सहभागी अर्जुन केसीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने आइतबार हुने खेलमा एक जना खेलाडी रेजिना कार्कीले ब्रेकिङ तर्फ विभिन्न देशको खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।