१ कार्तिक २०८३, शनिबार

प्रदीप र पवर्तकै अल्सनाको दोस्रो विहेको दृश्य !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cort marrigeकाठमाडौं, ३० पुस । अघिपछि जस्तै मंगलबार पनि कास्की जिल्ला अदालतमा विभिन्न् मुद्धाका वादी प्रतिवादीहरु फैसला वा आदेशको प्रतीक्षामा थिए ।

उनीहरुकै बीचबाट एक जोडी युवायुपवती हातमा माला लिएर उभिए ।

अदालतका कर्मचारी, कानुन ब्यवसायी, सर्वसाधारण र संचारकर्मीको भीड लाग्यो ।

पण्डित बेदनिधि तिमिसिल्नाले आदेश दिए, केटाकेटीले एक अर्कालाई माला लगाइदिनुपर्यो । न बिवाह मन्डप थियो नता दुलहादुलही वैवाहिक पहिरनमा, जन्ती र माइतीपक्ष पनि थिएनन ।

१८ वर्षीया अल्सना रानामगर र २३ वर्षीय प्रदीप भुसालले आदेश माने । त्यसपछि प्रदीपले अल्सनालाई सिन्दुर लगाइदिए । गलामा पोते र हातमा चुरा पनि । सबैले तालि बजाए । बिहे सकियो । भीडमा सुनियो। साँचो प्रेम भनेको यस्तो पो ।

पर्वत शंकरपोखरी ७ का प्रदीप र पवर्तकै अल्सनाको दोस्रो विहेको दृश्य हो यो । भएछ के भने २ वर्षअघिदेखि प्रेम गर्दै आएका उनीहरुले गत असोज १९ मा पोखराको तालबाराहीमा बिहे गरेछन् ।

२ रात पोखरामा नै बसेर अल्सनालाई घर भित्र्याउन लैजाने क्रममा बाटोबाटै माइतीले समातेर दुलहालाई प्रहरीकहाँ बुझाएछन् ।

अल्सनालाई भने घर लिएर गएछन् । युवतीका आफन्तले प्रदीपलाई जर्वजस्ती करणी गरेको अभियोग लगाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । तर अदालतले जर्बजस्ती गरेको नठहरेको आदेश सुनाएपछि उनीहरु विहे गरेका हुन् ।