१ कार्तिक २०८३, शनिबार

चालिसेद्धारा पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मेलबर्न, २८ जुलाई । साहित्यकार सुशील चालिसेको कृति गुराँसका पलाँसहरुको विक्रिबाट उठेको रकममध्ये ३ सय डलरसहित पाँच सय डलर न्याभ बाल चौतारी वेष्टलाई हस्तान्तरण गरिएको छ ।

पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशीलले आफ्नो मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’को बिक्रीबाट उठेको ५० प्रतिशत रकम बाल चौतारीलाई प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । उनको कृति तीन हप्ता अघि विमोचन भएको थियो ।

पुस्तक बिक्रीबाट उठेको सबै रकमा ३०० डलर र बिमोचन कार्यक्रमको मुख्य आयोजक सेभेन एपिक इण्टरटेनमेण्टका तर्फबाट २०० डलर थप गरी ५०० डलर मेलबर्न नेपलिज कम्युनिटी वेस्टद्धारा संयोजनकारी भूमिका निर्वाह गरी याभ बाल चौतारी वेष्टलाई हस्तान्तरण गरिएको हो ।

नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) को संयोजनकारी भूमिकामा बिगत १८ महिनादेखि मेलबर्नको पश्चिमी भेगमा सन्चालित ‘न्याभ बाल चौतारी वेष्ट’ले नेपाली वालवलिकालाई नेपाली भाषा र नेपाली गीतमा नेपाली नाच सिकाएर नयाँँ पुस्ताका बीच नेपाली भाषा, संस्कार र संस्कृतिलाई निरन्तरता दिने महत्वपूर्ण काम गर्दै आएको छ ।

पुस्तकका समालोचक एवं लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले साहित्यिक क्षेत्रमा लाग्ने व्यक्तित्वद्धारा साहित्यिक कृतिबाट हुने आम्दानीलाई यसरी सामाजिक काममा लगाउने नयाँँ संस्कारको थालनीले मेलबर्नमा नयाँँ संस्कारको विकास भएको र यसले साहित्य क्षेत्रमा लाग्ने अन्यलाई पनि यसो गर्न अभिप्रेरित र उत्प्रेरित गर्ने बताए ।

पुस्तकका लेखक चालिसेले आफूले नेपाल र अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि विभिन्न सामाजिक कार्यमा सक्दो आर्थिक सहयोग गरेको उल्लेख गर्दै पुस्तक बेचेर धनी बन्न नसकिने हाम्रो साहित्यिक माहौलका कारण सामाजिक काममा सहयोग गर्दा आत्मा सन्तुस्टी हुने भएकोले पुस्तक बिक्रिको पचास प्रतिशत योगदान गर्ने प्रतिबद्धता जाहेर गरे तापनि शत प्रतिशत नै प्रदान गर्ने निर्णय गरेको बताए ।

नेपाली असोसियसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले बाल चौतारीहरु मार्फत भिक्टोरियाभरी यस क्षेत्रमा कसरी काम गरिरहेको भन्नेबारे प्रस्ट्याइन । एनआरएन भिक्टोरियाका उपसंयोजक एवंं न्याभ बाल चौतारी वेष्टका निर्देशक डा उगेन्द्र रेग्मीले प्राप्त सहयोग रकमलाई वालवलिकाको नेपाली भाषा विकास र उनीहरुद्धारा प्रदर्शन गरिने नाचगानमा नेपालीपन झल्काउन शैक्षिक सामग्री र नेपाली पोशाक खरिद गर्ने काममा उपयोग गरिने बताए ।

कार्यक्रममा अष्ट्रेलियन नेपाली बहु–साँस्कृतिक केन्द्रका महासचिब नारायण काफ्ले, लेवर टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारी, सेभेन एपिक इण्टरटेनमेण्टका डाइरेक्टर उज्वल घिमिरे, बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सीका बिष्णु सापकोटा, न्याभ बाल चौतारी वेष्टकी शिक्षिका तारा भट्टराई आदिले पनि मन्तव्य राखेका थिए ।