
काठमाडौँ, ११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।
शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस ट्रकमा ठोकिएर त्रिशूलीमा बस खसेको हो । ना ५ ख ७४०९ नम्बरको ट्रकमा ठोकिएर बस नदीमा खसेको प्रहरीले जनाएको छ ।
टनास्थलमा पुगेको प्रहरी टोली उद्धार कार्यमा लागिसकेको तर थप विवरण आउन बाँकी छ । अहिलेसम्म २३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया