
– वि.वि. श्रेष्ठ
लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेस सत्ता र शक्तिमा रहँदा भएका कामहरू खोज्न टाढा जानुपर्दैन । लामो समयसम्म सरकार र सत्तामा रहेर हालीमुहाली गरेको नेपाली काँग्रेस नेकपाको दुईतिहाई सरकारका कारण विक्षिप्त बनेको छ । लोकतान्त्रिक संविधान बमोजिम यो सरकार निश्चितताका साथ ५ वर्ष सरकार चल्छ ।
कानुनले कसैको हुलहुज्जत, अपहेलना र मानमर्दन समेत गर्न पाउँदैन भनेर मौलिक हक अन्तरगत राखेको छ भने सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर कारबाही हुनुपर्दैन ?
जनताबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको सरकारलाई अधिनायकवाद देख्ने काँग्रेसको रवैया र रोदनले नेतृत्वपक्तिलाई सहज लागेता पनि आम कर्मठ कार्यकर्तालाई भने असहज अवस्था सिर्जना भएको छ । विश्वव्यापी मान्यताअनुरुप र आयल निगमवाट ईन्धनको मुल्यमा भएको वृद्धिलाई समेत अधिनायकवाद देख्ने नेपाली काँग्रेस सत्ता र सरकारबाट बाहिर बस्दाको पीडावोध कति भएको रहेछ भन्ने वुझ्न सकिन्छ ।
नेपाली कांँग्रेस नयाँ राजनैतिक शक्ति पनि होइन, पटक पटक सरकारमा रहँदा काँग्रेसको गतिविधि र उसको लोकतन्त्र, दृष्टिकोणलाई जनताले नजिकबाट नियालिसकेका छन् । तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवाको नेतृत्वमा नै भएको प्रदेश तथा केन्द्रीय चुनावमा लज्जाजनक हार बेहोरेको कांग्रेस नेकपाको बहुमतवाट बनेको सरकारवाट कतिसम्म जलेको छ भन्ने कुरा सपनामा पनि अधिनायकवाद आयो भन्ने पीरले उसलाई पिरोलेको पाइन्छ ।
डा. केसी शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा अनसन वस्दा सबैभन्दा ठूलो जर्जर भएको नेपाली कांग्रेस सरकारलाई अधिनायकवादको मसिहा देख्दछ । तराईमा बाढी र पहिरोले जनधनको क्षति हुँदा समेत सरकारको अधिनायकवाद देख्ने नेपाली काँग्रेसको हतास मनस्थिति र अभिव्यक्ति देख्दा नेकपाका अध्यक्ष प्रचण्डले भनेझैँ कांग्रेस इतिहासमा सीमित हुने त होइन भन्ने आशंकालाई मलजल गर्ने धेरै आधारहरु खडा गरिदिएको छ ।

कुनै बेलाको दुईतिहाईको सरकार बनाएको काँग्रेस त्यसपछि पनि बहुमतको सरकारबाट लामो समय सत्ता र सरकारको नेतृत्व गरिह्यो । त्यसबेलामा कांग्रेसको भूमिका कारण भारतीय असमान सन्धि होस वा अतिक्रमण । राष्ट्रिय हस्तक्षेप होस वा भारतीय विस्तारवादको फेहरिस्ता हेर्ने हो भने त्यसमा नेपाली कांग्रेसको भूमिका फितलो रह्यो । जुन प्रमाणित भईसकेको छ । नेतृत्व र देश चलाउनका लागि दृष्टिकोण र आत्मविश्वासको आवश्यकता पर्दछ ।
हिजोको भूमिकालो भोलिको अवस्थाको निर्धारण गर्दछ । हिजो देश र जनताका लागि केही पनि गर्न नसकेको नेपाली कांग्रेस ओली सरकारले संविधानसम्मत गरेको निर्णयलाई अधिनायकवाद र फाँसीवाद देख्दछ भने त्यो मुर्खता शिवाय केही हुन सक्दैन । प्रतिपक्षको धर्म जे कुरामा पनि विरोध गर्ने होइन, आवश्यकताको आधारमा समर्थन र विरोध स्वीकार्य मानिन्छ । तर सरकारको हरेक क्रियाकलापमा विरोध र अधिनायकवाद देख्दा आम जनताले नेपाली कांग्रेसलाई कसरी हेरेको होला, सोचनीय विषय वनेको छ ।
विषयको गाम्भीर्यतालाई फगत स्वार्थको राजनीतिले ओतपोत नेपाली कांग्रेसले हिजो डा. गोविन्द केसी अनसनमा रहँदा निजको माग पूरा गर्न आवश्यकता देखेन । जब सत्ता बाहिर गयो । त्यसपछि त्यही माग नेपाली कांग्रेसका लागि अमृतजल बनिदियो । केही महिनाको अबधिमा देखिएको नेपाली कांग्रेसको दोहोरो भूमिकाले नेपाली राजनीतिलाई नै धुमिल गरिदियो । आफू सत्तामा रहँदा सत्ता र शक्तिभन्दा पनि केही नदेख्ने नेपाली कांग्रेसले विगतमा खेलेको दोहोरो भूमिका नेपाली जनताले विर्सेका छैनन् ।
हिजो सरकारमा रहेर स्वास्थ्यमन्त्री हुँदा आफना कार्यकर्ता लगाएर डा केसीका विरोध गर्ने गगन थापा आज डा. केसी सवैभन्दा अव्वल देख्दछन् । हिजोको बोली र व्यवहारलाई लगाम लगाउन नसक्ने नेता तथा कार्यकर्ताको अराजकता जनतामा पनि पर्नु स्वाभाविकै हो । हिजो गगन थापा स्वास्थ्यमन्त्री हुँदा केही नगरेर डा केसी बिरोध गरेका आज चर्को स्वरमा उर्लेर डा. केसीको समर्थन र ओली सरकारको विरोध गर्नु भने गगन थापाको यथार्थ चरित्र पुष्टि गरेको छ ।
नेपाल सरकारका मन्त्री र न्यायको प्रमुख भइसकेको व्यक्तिको तल्लोस्तरको गाली र भाषण लोकतान्त्रिक हुने तर सरकारको कामकारवाही अधिनायकवाद देख्नु भनेको स्वयम् जनतामाझ आफै नांगिनु शिवाय केही हुन सक्दैन । सर्वोच्च अदालत जस्तो संवेदनशील पदमा रहेका व्यक्तिको बोल्ने शैली र सरकार माथिको प्रहार लोकतान्त्रिक र सबल हुने नेपाली राजनीति कानूनमन्त्री तामाङको यथार्थ अभिव्यक्ति अधिनायकवाद देख्ने र खोइरो खन्ने प्रवृत्तिलाई कसरी लोकतान्त्रिक मान्न सकिन्छ र ?
तत्कालीन समयमा केपी ओली प्रधानमन्त्री हुँदा सोही सरकारको सिफारिसमा प्रधानन्याधीश बन्न सफल सुशीला कार्की आज त्यही सरकारलाई अधिनायकवाद देख्नु भनेको कहाँको लोकतन्त्र हो ? सुशीला कार्की जस्तो व्यक्तिले बोल्दा हेक्का राख्नुपर्दैन ? त्यही ८ पास गरेको सरकारले प्रधानन्याधीशमा सिफारिस गर्दा लोकतान्त्रिक देख्ने सुशीला कार्कीलाई आज दुईतिहाई जनमत प्राप्त सरकार कसरी अधिनाकयवादी भयो ? सम्माननीय सुशीला कार्कीले जवाफ दिनुपर्दैन ? सरकारको मानहानी गर्ने अधिकार सुशीला कार्कीलाई कसले दियो ?
सुशीला कार्की आमजनता हुनुहुन्न, नेपाल सरकारको प्रधानन्याधीश जस्तो पदमा रहेर न्यायको पक्षमा आवाज उठाउने व्यक्तिले सरकारलाई खिसिटिउरी गर्ने, मानमर्दन गर्ने, अपहेलना गर्ने अधिकार कहाँबाट आयो ?
सुशीला कार्की आमजनता हुनुहुन्न, नेपाल सरकारको प्रधानन्याधीश जस्तो पदमा रहेर न्यायको पक्षमा आवाज उठाउने व्यक्तिले सरकारलाई खिसिटिउरी गर्ने, मानमर्दन गर्ने, अपहेलना गर्ने अधिकार कहाँबाट आयो ? कानूनमन्त्रीले नेपाली छात्राको यथार्थवोध गराउँदा माफ मागेर पनि नपुगेर राजीनामा गर्न बाध्य बनाउने कथित वुद्धिजीवीहरू न्यायको मूर्तिले जे बोले पनि छुट हुने हो ? कानुनले कसैको हुलहुज्जत, अपहेलना र मानमर्दन समेत गर्न पाउँदैन भनेर मौलिक हक अन्तरगत राखेको छ भने सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर कारबाही हुनुपर्दैन ?
तत्कालीन केपी ओलीको सरकारमा प्रधानन्याधीश बनेका सुशीला कार्की तत्कालीन समयमा नेपाली कांग्रेसको अग्रसरतमा र तत्कालीन माओवादीको समर्थनमा महाअभियोग लगाउन खोज्दा जोगाउने को थियो महासय ? लोकतान्त्रिक शब्द जप्दैमा लोकतान्त्रिक भइने हो भने नेपाली कांग्रेसको लोकतन्त्र नै तपाईका लागि उचित हो रहेछ । जुन विगतमा तपाईलाई तत्कालीन एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग लाग्न नदिएर अधिनायकवादी काम गरेका रहेछन् ।
आमसर्वसाधारणको वुझाई यही हो । अधिनायकवादको अर्थ के हो सम्माननीय पूर्वप्रधानन्याधीशज्यू, मसिहा र सरकारको अपहेलनामा तपाईँलाई कारवाही गर्न पाउने कि नपाउने ? देशमा स्थिर पाँच वर्षे सरकार बनेर देश निर्माणमा अघि बढिरहेको सन्दर्भमा प्रधानन्याधीशले देशमा नै आगो बल्ने अभिव्यक्तिले भोलि देशमा झन अस्थिरतातर्फ धकेलियो भने यसको जिम्मेवार को ? देश विखण्डन गर्ने, देशमा आगो बल्ने अभिव्यक्ति दिने अनि लोकतन्त्रको दुहाई दिने पूर्वप्रधानन्याधीशको अभिव्यक्तिले सिंगो देशको शिर निहुराएको छ ।
डा. केसी पहिलोपटक अनशन बसेका होइनन्, उनको अनशन सबका लागि पाच्य बनिसक्यो । हो, डा. केसीका मागहरू जायज छन् । गरिब जनताका पक्षमा छन् तर यति भनिरहँदा पनि प्रक्रिया भने गलत हो । अनशनबाट सबै कुरा प्राप्त हुने हो भने किन चाहियो, लोकतान्त्रिक व्यवस्था ? किन चाहियो चुनाव ? डा केसीको जीवन रक्षाको माग गर्नेले डा केसीको अनशनले नेपाली आमसर्वसाधारणको स्वास्थ्य सेवा नपाएर हुने परिणाको जिम्मेवार को ?
स्थिर पाँच वर्षे सरकार बनेर देश निर्माणमा अघि बढिरहेको सन्दर्भमा प्रधानन्याधीशले देशमा नै आगो बल्ने अभिव्यक्तिले भोलि देशमा झन अस्थिरतातर्फ धकेलियो भने यसको जिम्मेवार को ?
डा. जस्तो संम्वदेनशील पेशाले आन्दोलनले पार्ने नेपाली जनतामा नकारात्मक असरलाई कसरी लिने ? स्वास्थ्य जस्तो विषयमा आन्दोलन गर्दैगर्दा आमजनताले त्यसवाट भोग्न परेको भोगाई चाँही लोकतान्त्रिक मूल्य र मान्यताभित्र पर्दछ कि पर्दैन ? डा केसीको अभिव्यक्ति जस्तो र जे पनि सहन पर्ने हो ? डा केसीको अभिव्यक्ति सबै पाच्य हुने समाजमा कानूनमन्त्रीको अभिव्यक्ति चाहि अधिनायकवाद कसरी हुन पुग्यो ?
विरोधका लागि विरोधको संस्कारमा हुर्किएको नेपाली राजनीतिकर्मीबट आएको अभिव्यक्तिले भोलिका दिनमा कस्तो अवस्था सिर्जना गर्ला ? देश र जनताको मुक्ति र विकासका लागि काम गर्ने नेपाली राजनैतिक पार्टीको गुलामी गर्ने अन्धकार्यकर्ता यसका मतियार कहिलेसम्म बन्नु पर्ने हो ? नेपाली काँग्रेसजस्तो राजनैतिक दलले अराजकताको सिर्जना गर्ने, आफनो कार्यकर्तालाई सडकमा उतारेर आन्दोलन गर्न लगाउँदा त्यसको विषयवस्तुको गाम्भिर्यतालाई ध्यान दिनु पर्दैन ? सत्ताको त्रासदीले रन्थनिएको नेपाली कांग्रेस हिजो सत्ता र सरकारमा रहँदाको उन्माद अहिलेको परिणाम हो ।
राष्ट्रिय महत्वको सरकारको कामकारबाहीमा समर्थन र विरोध गर्नु प्रतिपक्षको धर्म हो । सानो सानो विषयमा पनि आन्दोलन र अधिनायकवादको कुरा गरेर नेपाली कांगे्रेसको समाजवाद प्राप्त हुँदैन भन्ने कुरा नेपाली कांग्रेस जस्तो पार्टीले बेलामा नै बुझ्न जरुरी हुनेछ । सरकारमा रहँदा उचित देख्ने र सरकारवाट बाहिर हुँदा अधिनायकवाद र लोकतन्त्र विरोधी देख्ने हो भने कांग्रेसको स्थिती सुध्रने छैन ।
देश र जनताको जनजीविकाको पक्षमा लड्ने, देश विकासमा समर्पित कांग्रेस नै अहिलेको आवश्यकता हो । पार्टी र देश विकासका लागि स्पष्ठ दृष्टीकोणका साथ जाने कि सरकारलाई अधिनायकवाद मात्र भनिरहने ? अबको कांग्रेस कस्तो बनाउने भन्ने कुरा नेपाली राजनीतिमा खेल्ने भूमिकाले नै निर्धारण गर्दछ ।















प्रतिक्रिया