३० आश्विन २०८३, शुक्रबार

माफिया, मार्सी र केसी : नेपाली राजनीतिका महान एजेण्डा !

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

करीब एक महिनादेखि नेपालको राजनीति कचल्टिएको छ । वर्तमान सरकारले नीति तथा कार्यक्रम एवं बजेट ल्याएसँगै नेपालको राजनीतिमा तीनवटा शब्दावलीले प्रवेश पाए— माफिया, मार्सी र केसी । विभिन्न कोणबाट छलफल भई रहेका यी तीन विषय यति महत्व दिनु पर्ने विषय थिएनन् ।

कि उनीहरुले भन्न सक्नु पर्‍यो, –के पी ओलीलाई प्रधानमन्त्री बनाउन संसदमा मत दिने दुईतिहाई सांसद र ती सांसदलाई जिताउने मतदाता सबै माफिया हुन् !

प्रतिपक्षलाई संसदमा र सडकमा प्रयोग गर्ने राजनीतिक मसला नभई रहेको बेला यिनीहरु एकाएक ‘हिट’ बनाइए । आफूले स्थापित गरेका अजेण्डाको विदेशी मित्रहरुलाई व्रिफिङ् गर्नु पर्‍यो भने देगवा वा डा. भट्टराई वा रविन्द्र मिश्रहरुले कसरी गर्लान् ? किनभने यी तीनै विषयलाई अत्यन्त गलत व्याख्या र अतिरञ्जित गरिदैछ कि सुन्नेहरु नै हाँस्ने परिस्थिति बनिरहेको छ । नेपाली राजनीतिको स्तरलाई रसातलमा पुर्‍याउन यी तीन विषय काफी छन् ।

माफिया

अक्स्फोर्ड अंग्रेजी शब्दकोश र वृहत् नेपाली शब्दकोश माफिक ‘माफिया’ शब्दको अर्थ हुन्छ—‘कानुन, राज्य व्यवस्थालाई हाँक दिने ठूलठूला अपराध कार्यमा संलग्न छद्म अपराधी समूह ।’ प्रतिपक्ष र डा. गोविन्द केसीले जवाफ दिनु पर्ने होला— नेपालमा मेडिकल कलेज चलाउने कुन कुन ‘ठूलठूला अपराध कर्ममा संलग्न छद्म अपराधी समूह’ हुन् ? हाल मेडिकल कलेज चलाउने काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, भोला रिजाल वा अरु को ? कि मनोहन मेडिकल कलेज चलाउन चाहने नेकपाका नेता राजेन्द्र्र पाण्डे पो ‘कानुन, राज्य व्यवस्थालाई हाँक दिने ठूलठूला अपराध कार्यमा संलग्न छद्म अपराधी समूह’ का नेता हुन् ?

सत्तापक्षका नेताले एकछाक विशुद्ध नेपाली खाना खाएको विषयलाई सडक संघर्षको मूल नारा बनाउने प्रतिपक्षको हैसियत कति तल छ भन्ने प्रष्ट हुँदैन र ?

डा. केसी अनसनकै सिलसिलामा प्रधानमन्त्रीलाई डन भनेर तथानाम गाली गरेका छन् । अरु जे सुकै भए पनि प्रधानमन्त्री ओलीलाई डन (कानुन,राज्य व्यवस्थालाई हाँक दिने ठूलठूला अपराध कार्यमा संलग्न छद्म अपराधी समूहको नेता)  भनेर कसले प्रमाणित गर्न सक्छ ? डा. केसी र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको त्यो हिम्मत छ ? कि उनीहरुले भन्न सक्नु पर्‍यो, –के पी ओलीलाई प्रधानमन्त्री बनाउन संसदमा मत दिने दुईतिहाई सांसद र ती सांसदलाई जिताउने मतदाता सबै माफिया हुन् !

मार्सी

मार्सी धान नेपालको लेकमा पाईने सिमसारमा परम्परादेखि खेती गरिदै आएको छ । धान खेतीमा आधुनिक प्रविधि भित्रिए पछि स्वास्थ्यमा राम्रो प्रभाव राखे पनि स्वाद त्यति मीठो नहुँदा यसको उत्पादन प्रत्येक वर्ष सीमित हुँदै गएको छ । पार्टी एकताको सिलसिलामा ठिमीस्थित एक नवधनाड्यको घरमा केपी र प्रचण्डले एक छाक मार्सी भात खाएको कुरालाई लाजमर्दो ढंगले राजनीतिक नारा बनाईयो, बनाईदैछ । सत्तापक्षका नेताले एकछाक विशुद्ध नेपाली खाना खाएको विषयलाई सडक संघर्षको मूल नारा बनाउने प्रतिपक्षको हैसियत कति तल छ भन्ने प्रष्ट हुँदैन र ?

एउटा सत्य यहाँ उजागर गर्नै पर्छ—सहमति भए पनि नभए पनि केसीको अनशन अन्तिम अनशन हो ।

केसी

नेपालका अनशन शिरोमणी डा. गोविन्द केसी अहिले पनि पन्ध्रौं अनशनमा बसिरहेका छन् । सरकारले वार्ता टोली बनाएर वार्ताको प्रयत्न गरे पनि डा. केसीको हठका कारण वार्ता सफल हुन सकिरहेको छैन । डा. केसी हठका पर्याय हुन् । उनमा हठमात्र होईन, कम्युनिष्ट फोविया पनि अत्यधिक छ । अत्यधिक हठ र फोविया हुनुले उनी कुनै न कुनै मानसिक रोगबाट पीडित छन भन्ने सहज अनुमान गर्न सकिन्छ । नत्र सामान्य मानसिक अवस्था भएको विद्वान (?) ले जनताले त्यति धेरै मानेको नेतालाई डन भनेर सत्तो सराप गर्दैन ।

हुन त कुनै ब्लडप्रेसर रोगीलाई ‘तपाईलाई ब्लडप्रेसर रहेछ नि !’ भन्यो भने उसले आफूलाई सहानुभूति दर्शाएको अर्थमा बुझ्दछ । तर, एउटा मनोरोगीलाई ‘तपाईं मनोरोगी हुनुहुन्छ’ भन्यो भने विरामी विछट्टै रिसाउँछ । यहाँ यसो भन्दा डा. केसी र उनका समर्थकलाई रिस उठ्ने नै छ । एउटा सत्य यहाँ उजागर गर्नै पर्छ—सहमति भए पनि नभए पनि केसीको अनशन अन्तिम अनशन हो ।

नेपाली जनताको राजनीतिक चेतनालाई यस्ता वेतुकका राजनीतिक हतकण्ठाले कलुषित मात्र बनाई रहेछन् । समृद्धिको सपना बोकेका जनतालाई यस्ता विषयले कति दिन दिग्भ्रमित बनाउने हुन् यकिन छैन ।