
काठमाडौँ, १० साउन । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । १२ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक भोटेकोशी–४ का शुस खड्का, भोटेकोशी–५ का बिक्रम श्रेष्ठ, श्याम श्रेष्ठ र मंगल तामाङ तथा गोसाईकुण्ड–१, थुमनका मिंग्मर गोम्बो तामाङ रहेका स्थानीय प्रहरीले जनाएको छ ।
पहिरोमा परी देवबहादुर मगर, वोङ्सी तामाङ, डोल्मा तामाङ, सोनाम शेर्पा, लाक्पा बिन्दु तामाङ, तेन्जिङ डोल्मा, पासाङ डोल्मा तामाङ, नरमान तामाङ, सोनाम लामा, प्रेम घले, विमल घर्तीमगर, दावा तामाङ बेपत्ता छन् । उनीहरुको खोजी कार्य चलिरहेको छ ।
१२ जना घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । काठमाडौं पठाइएका गम्भीर घाइतेहरुमा गोसाईकुण्ड–२, टिमुरेका ५८ वर्षीय देवबहादुर तामाङ र उनकी श्रीमती पोकी तामाङ तथा कन्टेनर चालकहरु सिन्धुपाल्चोक, भोटेकोसी–३ का सोनाम लामा, भोटेकोसी–४ का सोनाम शेर्पा र दावा लामा रहेका छन् ।
पहिरोमा ४ वटा घर, ५ वटा कन्टेनर तथा नेपाल प्रहरीको अस्थायी चेकपोष्ट समेत पुरिएको छ । पहिरोपछि नेपाल र चीनको एकमात्र अन्तर्राष्ट्रिय सीमा नाका रसुवागढीमा आवातजावत बन्द भएको छ । पहिरो स्थल रसुवागढीदेखि २ किलोमिटरकोे दुरीमा पर्दछ ।















प्रतिक्रिया