
रसुवा, १० असार । रसुवाको टिमुरेमा पहिरोमा परी ४ जनाको ज्यान गएको छ ।
पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे प्रवेशद्वारमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट र होटल पुरिँदा चार जनाको ज्यान गएको हो । अन्य पाँच जना बेपत्ता छन् ।

रसुवाका प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङका अनुसार पहिरोमा परि घाइते १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हराइरहेका यात्रुहरु होटलमा बसेका ड्राइभर र स्थानीय रहेको बताइएको छ ।

ज्यान गुमाउनेमा भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोकका श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ र सुस खड्का रहेका छन् । मृत्यु हुने सबै सवारी चालक रहेको तामाङले बताए ।

प्रहरी र सेनाको टोलीले उद्दार कार्य जारी राखेको छ । पहिरोका कारण केही कन्टेनर तथा ट्रकसमेत पुरेको छ । टिमुरे सदरमुकाम धुन्चेबाट २५ किलोमिटरको दुरीमा पर्छ । घटनास्थल चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो ।















प्रतिक्रिया