१ कार्तिक २०८३, शनिबार

मिस नेपाल युएसए २०१८ का लागि २१ प्रतियोगी छानिए

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


टेक्सास, ९ साउन । ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैठौ संस्करण हो । विभिन्न चरणको अडिसनबाट यी प्रतियोगी छानिएको कार्यक्रम व्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगष्टमा आयोजना हुने प्रतियोगिताको अन्तिम स्पर्धामा अदीति श्रेष्ठ, आइशा ओझा, एन्जिला पौडेल, वर्षा वराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, जया त्रिपाठी, कृति ढुगेल, लाक्पा शेर्पा, नेलिया गुरुड, पोसा थापा, प्रवेशीका खत्री, प्रियंका तिमिल्सेना, सपना महर्जन, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल, स्विकृति भट्टराई बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिले अहिले अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, नेपाली कलासंस्कृति तथा पर्यटन विकास, महिला सशक्तिकरण र अधिकार लगायत विभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन् ।

प्रत्येक बर्ष नियमित आयोजना हुँदै आएको यो प्रतियोगतिा सन् २०११ देखि अमेरिकामा सुरु भएको हो । ‘युवा सशक्तिकरणको नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिता नेपाली कलासंस्कृति, भाषा तथा पर्यटनको प्रवर्द्धन गर्नुका साथै बौद्धिक सुन्दरतालाई बढावा दिने रहेको आयोजक संस्थाका संस्थापक अमित शाहले बताए । उनले भने ‘युवतीको प्रतिनिधित्व मार्फत विदेशमा पनि नेपाल चिनाउने कार्यक्रमको मुल उदेश्य हो ।’

नेपालमा सौदर्य प्रतियोगिताको विकास गर्न सफल इ प्लानेट प्रालिको सहकार्यमा इभेन्ट प्लानेट इन्कले आयोजना गर्दै आएको प्रतियोगिता बर्तिका राई, खुश्वु मिश्र, प्रियंका थपलिया लगायतले जितेका छन् ।

विगतका वर्षभन्दा यस बर्षको प्रतियोगिता अझ भव्य बनाउन अमेरिकाको डलास क्षेत्र वरपर रहेका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।