३० आश्विन २०८३, शुक्रबार

मन्त्रीभन्दा शक्तिशाली हुन् ‘दुर्गा प्रसाइँ’ ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनुज न्यौपाने

‘उच्च नैतिकता प्रदर्शन गर्दै’ पदबाट राजीनामा दिएका निबर्तमान कानूनमन्त्री शेरबहादुर तामाङ अहिले निकै चर्चामा छन । मेडिकल कलेजको सम्बन्धन खोजिरहेका कुनै विवादित व्यवसायी दुर्गा प्रसाइँको विवादास्पद बोली टपक्क टिपेर ओली सरकारका मन्त्री तामाङले कतै बोलिदिएछन् – ‘बंगलादेशमा मेडिकल अध्ययन गर्न गएका नेपाली चेली यौन शोषणमा पर्ने गरेका छन !’

स्वदेशमै आवश्यकताअनुसार मेडिकल कलेज खुल्ने वातावरण बन्नुपर्छ भन्ने कुराको वकालत गर्नका लागि मन्त्री तामाङले उक्त अभिव्यक्ति दिएका भए पनि असर नकारात्मक परेको देखियो । विवादास्पद अभिव्यक्ति दिएपछि विरोधीले ‘प्रोपोगान्डा’ रचेर उनलाई मन्त्री पद बाट हटाउन सफल भए । अभिव्यक्तिको परिणतिस्वरुप इमानदार युवा नेताको छवि बनाएका तामाङले पदबाट हात धुनुपरेको छ ।

केपी ओली नेतृत्व सरकारको पाँचमहिने अवधिमा झन्डै ४ महिना पदमा बसेका तामाङ मंगलबारबाट बाहिरिएका हुन् । स्वदेशमै अनेक प्रकृतिका दुःख–पीडा झेलिरहेका नेपाली चेलीहरुले के खाडी, मलेसिया, बंगलादेश, युरोप–अमेरिका तिर झेलेका छैनन होला त ? कसैले यस्को अनुसन्धान गरेको छ ? यो सबैले बुज्नु पर्ने कुरा हो । केही समय अगाडि बंगलादेशमा मेडिकल अध्ययन गर्न गएकी एक छात्राले आत्माहत्या गरिन, किन गरिन , के कारणले गरिन ? त्यो कसैले खोज्दैन । सम्माननीय प्रधानमन्त्रीज्युको ति कुराहरुमा धयान जानु पर्ने होकी मन्त्रीको बर्खास्त गर्न तिर ?

यो नेपाली हल्ला नै हल्लाको देश हो । मन्त्रीको रजिनामले थुप्रै प्रश्नहरु उब्जाएको छ । केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि बंगलादेशमा अध्ययनरत छात्राबारे यस्तै टिप्पणी गरेको भिडियो सार्वजनिक भएको थियो । यी दुवैको अभिव्यक्ति मेडिकल शिक्षा र स्वास्थ्यमा सुधारको माग राख्दै १५ औं अनशन बसिरेका डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध लक्षित थिए ।

मन्त्रीले त नैतीकता देखाउदै मन्त्री पदनै छोडिदिए । अब मेडिकल व्यवसायी दुर्गा प्रसाईंके कार्वाही हुन्छ, कि हुँदैन ? कि उनी देशका मन्त्री भन्दा शक्तीशाली हुन ? विवादित व्यवसायी प्रसाइ सम्माननीय प्रधानमन्त्रीज्युको नाती हो भन्नु हुन्छ, के नातीलाई हजुरबाबुले कार्वही गर्नुहोला त ? यि प्रश्न आज बजारमा चलेका छन । यसका एक मात्रा उतर व्यवसायी दुर्गा प्रसाइ लाई सरकारले गर्ने कार्वाहीनै हो ।

हो, अब दुर्गा प्रसाइलाई कार्वाही हुनै पर्छ । भएन भने सम्मनानीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद बाट रजिनाममा दिनु पर्छ । कसैलाई पनि कसैको इज्जत माथि बोल्ने अधिकार छैन । त्यो नारी माथि गरिएको गम्भिर अपराध हो । केपी ओली सँग अब मात्र दुर्गा प्रसाइलाई कार्वही गर्ने कि आँफैले रजिनाममा दिने बिकल्प छन ।

( अनुज न्यौपाने अनेरास्ववियु चितवनका नेता हुन )