३ कार्तिक २०८३, मंगलबार

नेपालसँगको एकदिवसीय क्रिकेटमा भिड्ने नेदरल्याण्डको टिममा को–को परे ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । यही महिना नेदरल्याण्डमा हुने त्रिकोणात्मक टी–ट्वान्टी र एकदिवसीय क्रिकेटमा नेपालसँग भिड्ने नेदरल्याण्ड्सको टोलीको टुंगो लागेको छ ।

नेदरल्याण्ड्सले आफ्नो टोलीको घोषणा गरेको हो ।

लर्ड्समा साउन १३ मा नेपाल र मेरिलिबोन क्रिकेट क्लबबीच त्रिकोणात्मक टी–ट्वान्टी खेल हुँदैछ । यस्तै साउन १६ र १८ मा नेदरल्याण्डले नेपालसँग एकदिवसीय खेल पनि खेल्दै छ ।

उक्त खेलका लागि नेदरल्याण्डले आफ्नो टोलीलाई अन्तिम रुप दिएको हो ।

साउन १३ मा हुने टी–ट्वान्टीका लागि पिटर सिलर, वेस्ले बारेसी, स्कट एडवाड्स, क्लेटन र फ्लोयड टिममा छन् ।

यस्तै फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, शेन स्यान्टर, टोनी स्टल, म्याक्स ओडोड, हिडे ओभरजिक, मिचेल रिप्पोन र टोबियस भिसे पनि टिममा अटाएका छन् ।

यस्तै एकदिवसीय क्रिकेटका लागि पिटर सिलर, वेस्ले बारेसी, डान टेर ब्राक, बेन कुपर तथा स्कट एडवाड्सको टिम रहेको छ ।

सो टिममा फेडेरिक क्लासेन, बस डि लिडे, हिडे ओभरजिक, शेन स्यान्टर, पोउल भ्यान मेकेरेन, स्टेफेन माइबर्ग, म्याक्स ओडोड र मिचेल रिप्पोन पनि रहेका छन् ।