डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसंग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदूत प्रेमराजा महतले गर्ने भएका छन् ।
अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको क्रियाशील स्थापित गरि मुनाफा सामाजिक सँस्था नेपा पास पुचः अमेरीकाये (एनपीपीए)ले आगामी अगस्त ४ शनिबारको दिन गर्नेछ । यसका लागि संस्थाले चाजोपाजो मिलाई रहेको छ ।
कार्यक्रमको लागि नेपालबाट मदनकृष्ण श्रेष्ठ अमेरिका आई पुगेका छन् । कार्यक्रम सकिएपछि श्रेष्ठ अगस्त ७ मा नेपाल फर्कने छन् ।
पत्रकार प्रेम बानियाँ अमेरिका आएपछि यसरी नेपाली समुदायबीच सार्वजनिक रुपमा प्रस्तुतिको रुपमा सम्भवत पहिलो पटक देखिनेछन् ।
















प्रतिक्रिया