
काठमाडौँ, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङ पदमुक्त भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले उनको पद खोसेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको हो ।
सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा दिन निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको निर्देशन बमोजिम उनलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।
बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङको पद खोसिएको हो । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न परेको आफूले सुनेको उनले बताएका थिए । तामाङ यो अभिव्यक्ति निकै विवादास्पद भएको थियो । स्वयम् उनको पार्टी नेकपामा पनि निकै ठूलो आलोचना भयो ।
तामाङ नेकपामा वरिष्ठ नेता माधव नेपालसँग नजिक मानिन्छन् । तर, उनलाई राजीनामा गराउन स्वयम नेपालले पनि चासो देखाएको स्रोतले बतायो ।















प्रतिक्रिया