१ कार्तिक २०८३, शनिबार

बेल्जियममा बिपीको सम्झनामा स्मृति सभा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई

बेल्जियम । २३ जुलाईको दिन जनसम्पर्क समिति बेल्जियमले नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली कांग्रेसका नेता स्वर्गीय बिपी कोइरालाई स्मृति सभा गर्दै सम्झेको छ ।

बिपी स्मृति सभाको संचालन गर्दै आयोजक समितिका महासचिव दिनेश भण्डारीले सामाजिक आर्थिक र राजनैतिक असमानताको अन्त्यको लागि बिपीको समाजवादी सिद्धान्त अपरिहार्य रहेको र उनको राजनैतिक दर्शन नेपालको राजनैतिक तथा कानूनी इतिहासकै अमूल्य दस्तावेज भएको बताए ।

समितिका सँस्थापक अध्यक्ष ध्रुब पौडेलले प्रमुख अतिथिको आसनबाट बोल्दै बिपीको सिद्धान्तलाई बुझ्न उनको कार्यकालमा सरकारले अंगालेका नीतिहरूलाई बुझ्नु जरुरी हुने बताए ।

उनले २००७ सालको क्रान्तिपछि रुपान्तरित मोहियानी हक सम्बन्धि ऐन २००९, २००९ मै बनाइएको भूमिसुधार आयोग, भूमि सुधार सम्बन्धि ऐन २०१४, बिर्ता उन्मुलन ऐन २०१६ पूर्ण रुपमा समाजवादी दिशामा मुलुकको रुपान्तरण गर्ने उदेश्यले चालिएका कदम थिए ।

तर ती कदमहरू तत्कालीन राजा, रजौटा र जमिन्दारहरू लाई मन परेन । त्यसैको परिणाम नै २०१७ पुस १ गतेको शाही कु भन्दै पौडेलले पछिला दशकहरूमा कांग्रेस बिपीको समाजवादी नीतिबाट बिचलित हुने आशंका पैदा भएको बताए ।

जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष सुबास जोशी सन्तोषले बिपीको साहित्य र नेपालको राजनीतिमा दिएको योगदानले उनलाई अमर बनाइ सकेको बताए । बिपीले प्रतिपादन गरेको व्यक्तिगत स्वतन्त्रता, कल्याणकारी समतावादी आर्थिक नीति र न्यायिक समानताको सिद्धान्त अतुलनीय र दीर्घकालीक महत्वको रहेको धारणा व्यक्त गरे ।

सभापति सीता सापकोटाले अधिकार सम्पन्न लोक सेवा आयोग मार्फत राष्ट्र सेवकको चयनको नीति, पार्टीगत अनुशासनको सिद्धान्त र राष्ट्रियताको सवालमा मेलमिलापको सिद्धान्त नेपाली कांग्रेसका कार्यकर्ताहरूले सधै अध्ययन र मनन गर्नुपर्ने बताइन् ।