
-भरत प्रधान
लिस्बन , ७ साउन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले आमरण अनसनरत प्रा. डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशनलाई आईतबार लिस्बनमा सम्बोधन गर्दै उपसभापति निधीले केसीका माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सकारसँग आग्रह गरे ।
चिकित्सा शिक्षा अध्यादेश मार्फत् देउवा नेतृत्वको सरकारले टुङ्गो लगाईसकेको बिषयलाई सरकारले तोडमोड गरेर केसीलाई अनसन बस्न बाध्य तुल्याएको उनको भनाई छ ।
उपसभापति निधीले देउवा नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै हुबहु विधेयक ल्याउनुपर्ने जिकीर गरे ।
जनताका दैनिक जीवनसँग सरोकार राख्ने बिषयमा सरकार गम्भीर नभएको प्रति चिन्ता व्यक्त गर्दै नेता निधीले केसीका मागलाई वेवास्ता गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए ।
सरकारको अधिनायकवादी प्रवृत्तीको काङ्ग्रेसले सडक र सदनबाट सशक्त संघर्ष गर्ने पनि उनले बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु किरणराज पौडेल, बालकृष्ण पाण्डे, आनन्द बिष्ट, जनजाति नेता नगेन्द्र कुमार कुमाल, नेबिसंघका पूर्व उपाध्यक्ष नवराज गुरुङ, नेपाली काँग्रेस टे«ड युनियनका पूर्व सभापति खिलानाथ दाहाल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।















प्रतिक्रिया