२९ आश्विन २०८३, बिहिबार

निवन्ध लेखन प्रतियोगितामा नेपाली विद्यार्थीले जिते १० लाख यनको पुरस्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrestha-japan

जापान । जापानमा अध्ययनरत नेपाली विद्यार्थी सहदेव श्रेष्ठ अंग्रेजी भाषाको निबन्ध प्रतियोगितामा प्रथम हुँदै ग्रायाण्डी अवार्ड सहित १० लाख यनले सम्मानित भएका छन् ।

उनले ४१ देशका १ सय ९५ प्रतियोगिलाई उछिन्दै ग्रयाण्ड अवार्ड जित्न सफल भएका हुन् । उक्त अवार्डसहित उनले नेपाल र नेपालीको शिर उच्च बनाएका छन् । जापान फरेन ट्रेड काउन्सिल इंकको प्रायोजनमा हरेक वर्ष यसप्रकारको निबन्ध प्रतियोगिता आयोजना हुने गर्छ ।

श्रेष्ठले प्रतियोगितामा ‘ट्रेडिङ कम्पनीको आर्थिक सफलताका लागि रोडम्याप’ शीर्षकको निबन्ध लेखेका थिए । प्रतियोगितामा जापानका हिरोआकी माचुयामा, अमेरिकी रामेश सुवाराबन र बेलायती सिमोन क्याम्पबेलले जनही २–२ लाख येन तथा बोस्नियाकी जेज्ला हड्जीलकले १ लाख येन नगद स्पेशल अवार्ड जितिन् ।

प्रतियोगितामा विजयीहरुलाई टोकियोस्थित होटल न्यू ओतानीमा आयोजित रात्रीभोजसहितको एक विशेष कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एइजो कोबायासीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा जापानका अर्थ, वाणिज्य तथा उद्योग राज्यमन्त्री डा. दाइसिरो यामागिवा, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईलगायतको सहभागिता थियो । प्रतियोगिको तर्फबाट बोल्दै अवार्ड विजेता नेपाली विद्यार्थी श्रेष्ठले पुरस्कार पाएकोमा आफू निकै उत्साहित भएको बताएका थिए ।