१ कार्तिक २०८३, शनिबार

तेह्रथुम समाज कतारद्वरा निःशुल्क स्वास्थ्य परीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । तेह्रथुम सेवा समाज कतारको समन्वय र कान्तिपुर मेडिकल सेन्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कतारमा कार्यरत तेह्रथुमेलीहरुको साझा संस्था तेह्रथुम सेवा समाजले उक्त कार्यक्रम आयोजना गरेको थियो । प्रत्यक्ष नेपालीहरुको लगानीमा सञ्चालित सनैयाको २३ नम्वर लेफ्ट साईडमा अवस्थ्ति कान्तिपुर मेडिकल सेन्टरमा व्लड प्रेसर, सुगर र दाँत सम्वन्धि निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

सञ्चालक युवराज शर्माले दोहामा नेपालीहरूले विभिन्न कारणले आर्थिक अभावका कारण उपचारवाट वञ्चित भएमा सामान्य तथा जटिल किसिमका समस्याहरूको पनि निःशुल्क उपचार तथा परामर्श गरिने बताए ।

नेपाली डाक्टरद्वारा उपचार गरिने अन्य ठाउँ भन्दा सस्तो र सुलभमा उपचार गरिने कुरा समेत बताए ।

भाषिक समस्याले गर्दा उपचार पद्धतिमा समस्या आउने भएकोले नेपाली मेडिकल सेन्टरको अवधारणा आउनु स्वागत योग्य भएको वताउदै अधिकतम रुपमा यसको प्रत्यक्ष फाईदा नेपाली समुदायले लिन सक्ने कुरा तेह्रथुम सेवा समाज कतारका प्रमुख सल्लाहकार दिल किरण खजुमले वताए ।