
काठमाडौँ, २९ पुस । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संयुक्तरुपमा गरेको बन्दलाई सर्वसाधारणले प्रतिकार गरेका छन् ।
उनीहरुले बन्दको बिरोधमा ठाउँठाउँमा प्रतिकार गर्न थालेपछि बन्दकर्ताहरु हच्किएका छन् । मुलुकका विभिन्न स्थानमा जनताले बन्दकर्तालाई लखेट्न थालेका छन् ।
उपत्यकामा पनि बन्दको प्रभाव फितलो बन्दै गएको छ । चक्रपथमा नीजि सवारीहरु निर्वाधरुपमा चल्न थालेका छन् भने राजधानीको माइतीघरमा युवाले बन्दको विरोधमा र्याली निकालेका छन्। 
प्रहरीले बन्दमा उत्रिएका करिब एक सयजनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । त्यस्तै कोटेश्वरमा सुरक्षाकर्मी र बन्दकर्ताबीच सामान्य झडप भएको छ ।
बन्दका क्रममा हुनसक्ने सम्भावित हिंसात्मक घटना रोक्न राजधानीमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
दाङ, इटहरीलगायतका स्थानमा पनि बन्दको बिरोधमा त्यहाँका उद्योग व्यासायी र स्थानीयहरुले प्रतिकार जुलुस निकालेपछि बन्दकर्ता बन्द खुलाउन सहमत भएको समाचार प्राप्त भएको छ ।















प्रतिक्रिया