३ कार्तिक २०८३, मंगलबार

पहिलो अभ्यास खेलमा सानदार जित निकालेको नेपालले दोस्रो खेलमा कोसँग खेल्दैछ ?

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ६ साउन । त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्ड गएको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा सानदार जित हात पारेको छ । ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल नेपालले २ सय ४३ रनले जितेको हो ।

गएराति भएको खेलमा नेपालले ह्याम्पसायरलाई ३ सय ६३ रनको लक्ष दिएको थियो । जवाफमा ह्याम्पसायर ३७ ओभरमा १ सय १९ रनमा समेटिएपछि नेपालले फराकिलो जित हात पारेको हो ।

नेपालका ललितसिंह राजवंशीले ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको १ सय ६१ रनको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो ।

नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग ट्वेन्टी –ट्वेन्टी खेल्नेछ । चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्डसमा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबबीच लर्डस्मा हुने त्रिकोणात्मक शृंखला जुलाई २९ तारिखमा हुनेछ ।