३ कार्तिक २०८३, मंगलबार

हतार हतार बालुवाटार पुगेर ओलीलाई के भने देउवाले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवाले ओलीलाई भेटेका हुन् ।

चिकित्सा शिक्षा विधेयक, डाक्टर गोविन्द केसीको अनसन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन देउवा बालुवाटार पुगेका हुन् ।

शनिबार दिउँसो बानेश्वरमा काँग्रेसको तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै देउवाले आपत्ती जनाएका छन् । प्रधानमन्त्रीसँगको भेटमा देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमन बढे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको देउवाको सचिवालयले जनाएको छ ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका छन् ।

सरकारले विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने देउवाको चेतावनी छ ।