३ कार्तिक २०८३, मंगलबार

राधे ! रोधे ! ‘सुन्दर’ माता जी : राधिका दासीलाई भ्याईनभ्याई

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । हिन्दु धर्म जोगाउनका लागि दरबारको सक्रियता आफ्ना ठाउँमा छ । राप्रपाले हिन्दू राज्यका लागि नै राजनीतिक अभियान चलाउने घोषणा गरेको छ । यी घोषणालाई एकातिर थन्क्याएर हेर्दा हिन्दू धर्मको प्रचार सुस्त गतिमा बलियो देखिन्छ । यसको एउटा कारण ‘ग्ल्यामर’ हो र अर्को कारण ‘ग्ल्यामर’भित्रको ज्ञान हो ।

विभिन्न भाषामा भागवत गीतालाई व्याख्या गर्नसक्ने एउटी धर्मगुरु युवती अहिले नेपालमा चर्चाको शिखरमा पुगेकी छन् । नेपालमा मात्र होइन उनको माग विदेशमा समेत हुने गरेको छ ।

राधिका दासी जति सुन्दर छिन्, त्यति नै उनीभित्र सुन्दर ज्ञानको भण्डार समेत रहेको बताउँछन् उनलाई चिन्नेहरू । अहिले उनलाई भ्याईनभ्याई छ ।

केही वर्षअघि मात्र उनले सुनसरीलाई आफ्नो धार्मिक अनुष्ठानको केन्द्रविन्दु बनाएकी थिइन् । तर, उनको चर्चा चुलिएपछि सुनसरीबाट उनको अनुष्ठानको दायरा नेपालभरी मात्र हैन, विदेशी भुमिमा पनि फैलिएको छ ।

राधे! राधे! भन्न रुचाउने राधिका परिकल्पनाकी राधा जस्तै मान्छन्, उनका भक्तहरू । हिन्दू धर्मको प्रचार नेपालमा मात्र होइन, विभिन्न देशसम्म पुग्ने गरेको छ ।

अहिले प्रवासी नेपाली मञ्चहरूले धार्मिक प्रचारका लागि इजरायलदेखि अस्ट्रेलियासम्म, अमेरिकादेखि युरोपसम्म धार्मिक अनुष्ठान र कार्यक्रम आयोजना गर्दै आएका छन् ।

खासमा राधिका दासीको आफ्नै पारिवारिक जीवनमा खटपट आएपछि उनी धार्मिक अनुष्ठान, पुराण, महायज्ञलगायतमा सक्रिय हुन थालिन् ।

उनी भारतमा अध्ययन गरी नेपालका सुनसरीलाई आफ्नो स्थायी बसोबास बनाए पनि देशविदेशका विभिन्न कार्यक्रम बढि व्यस्त हुने गरेकी छन् ।

अंग्रेजी भाषामा पनि उत्तिकै दखल राख्ने राधिकाले समाजसेवाका लागि मायाघर खोलेकी छन् । असाह्य दुखीको सेवाका लागि सुनसरीमा त्यसरी माया घर सञ्चालन गरेकी उनका सहयोगी बताउँछन् । पुराण, यज्ञहरूबाट उठेको रकमलाई उनले समाजसेवामा प्रयोग गरिरहेको बताइएको छ ।