काठमाडौं, २९ पुस । संविधानका विवादित विषमया सहमति जुटाउन नसकेपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले असहमतिकै प्रतिवेदन पठाउने भएका छन् ।
आज बस्ने संविधानसभा बैठकमा सभापति भट्टराईले असहमतिकै प्रतिवेदन पठाउने भएका हुन् । पूराना विषयमा सभापति भट्टराईले थोरै पनि सहमति जुटाउन नसकेको नेताहरुको भनाइ छ ।
सम्वाद समितिमा भएका छलफल र शीर्ष नेतृत्वबीचको परामर्शमा समेत कुनै सहमति हुन नसकेपछि प्रतिवेदनलाई जस्ताको त्यस्तै पठाउन लागिएको हो ।
दलहरुका बिच राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा विवाद छन् ।
ती विषयमा सहमतिको प्रयास गरे पनि एमाओवादीको विपक्षी मोर्चाका कारण सहमति हुन नसकेको आरोप छ । तर सो आरोप मान्न विपक्षी मोर्चा तयार छैन । उसले सत्तारुढ दलहरुलाई नै संविधानको बाधक रहेको जनाउँदै सडक आन्दोलनमा गएको छ ।















प्रतिक्रिया