३ कार्तिक २०८३, मंगलबार

यसकारण गोविन्द केसीको पक्षमा गगन थापा, यसरी मागेका थिए चुनावमा भोट

34.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ साउन । प्राध्यापक डाक्टर गोविन्द केसी २० दिनदेखि १५ औं अनसनमा छन् । जुम्लामा अनसन बसिरहेका केसीको जीवनरक्षाका लागि सरकारले बिहीबार मात्र काठमाडौँ ल्याइएको छ ।

उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा रहेको गणेशमान सिंह भवनमा छन् । केसीले आइसियुमा बस्न नमानेपछि उनकै अनुरोधमा गणेशमान सिंह भवनमा राखिएको हो । केसीको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा विवेकशील साझा पार्टीले आवाज उठाइरहेका छन् । यी दुई दलबीच कसले जस लिने भन्ने होडबाजी पनि चलिरहेको छ ।

बिहीबार विवेकशील साझाले विज्ञप्ती निकाल्दै कम्युनिष्ट जत्तिकै काँग्रेस पनि दोषी रहेको आरोप लगाएको थियो । अहिले केसीका पक्षमा काँग्रेसका कुरा उठाउनुको कुनै तुक नरहेको उसको आरोप छ ।

यता, प्रमुख प्रतिपक्षी दल काँग्रेसका अन्य नेताहरुले केसीको आन्दोलनका विषयमा खासै बोलेका छैनन् । तर, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका काँग्रेस नेता गगन थापा भने सडकमा समेत उत्रिएका छन् । उनले केसीका पक्षमा ‘चर्काे आवाज’ उठाउँदै माइतीघर मण्डला पुगेर भाषण समेत गर्न भ्याएका छन् ।

स्मरणीय कुरा के छ भने उनै थापा स्वास्थ्यमन्त्री हुँदा पनि डाक्टर केसी अनसनमा बसेका थिए । थापाले उतिबेला केसीको माग सम्बोधनमा खासै चासो देखाएका थिएनन् । केसीका कुनै पनि माग सम्बोधन भएका थिएनन् । केसीलाई यत्तिकै थामथुम पारिएको थियो । अनसन तोडाइएको थियो ।

रोचक र विरोधाभाषपूर्ण कुरा त यो छ कि आफ्नो माग पुरा नगर्ने उनै गगनको पक्षमा डाक्टर गोविन्द केसीले गएको प्रतिनिधिभा निर्वाचनमा भिडियो सन्देशमार्फत भोट मागेका थिए । केसी स्वास्थ्यमन्त्री हुँदा आफू अनसन बसेको र माग पुरा नभएको कुरा डाक्टर केसी त्यतिबेला बिर्सिए ।

थापा स्वास्थ्यमन्त्री हुँदाको अनसन थामथुम पारिनु, त्यसपछि केसीले चुनावका थापाका पक्षमा भोट माग्नु र अहिले गगन थापा केसीका पक्षमा ‘चर्काे बोल्नु’ निकै विरोधाभाषपूर्ण देखिएको छ ।

उसो त गगनले आफू स्वास्थ्यमन्त्री हुनु अगाडी पनि केसीका पक्षमा आवाज उठाउने गरेका थिए । तर, आफू स्वास्थ्यमन्त्री हुँदा भने केसीको एउटा पनि माग सम्बोधन गर्न सकेनन् । यही कुरालाई लिएर अहिले पार्टीभित्र र बाहिरबाट आलोलचना भइरहेको छ ।

गगन थापाका लागि केसीले यसरी मागेका थिए भोट डा. गोविन्द केसीले