लिस्बन । नेपाली कांगे्रसका उपसभापति बिमलेन्द्र निधी युरोपेली मूलुक पोर्चुगल आईपूगेका छन् ।
कांग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिको युरोप भेला तथा जनसम्पर्क समिति पोर्चुगलको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी बुधबार राती पार्चुगल आईपूगेका हुन् ।
निधी सहित पार्टीका केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रीत केन्द्रीय सदस्य किरण पाण्डे, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, रमेश रिजाल, नवराज गुरुङ लगायतका कांग्रेस नेताहरु पोर्चुगल आईपूगेका हुन् ।
निधी सहितका कांग्रेस नेताहरुलाई स्वागत गर्न जनसम्पर्क पोर्चुगलका सभापति लक्ष्मी प्रसाद सापकोटा, संस्थापक सभापति पूर्ण बहादुर हमाल लगायतका स्थानिय नेता तथा कार्यकताहरु लिस्बन स्थित अन्र्तराष्ट्रिय बिमानस्थल पूगेका थिए ।
निधी लगायतका नेताहरुले यही शनिबार हुने जनसम्पर्क समितिको युरोप भेला र आईतबार हुने जनसम्र्पक समिति पोर्चुगलको पाँचौ अधिबेशनलाई सम्बोधन गर्नेछन् ।
















प्रतिक्रिया