३ कार्तिक २०८३, मंगलबार

डा. केसीका समर्थकबाट मुख्यमन्त्रीलाई दुर्व्यवहार

120.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । डा. केसीका समर्थकहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अपमान गर्दै दुर्व्यवहार गरेका छन् ।

अनसनरत डाक्टर गोविन्द केसीको अवस्था बुझ्न कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँगै अनसनस्थल पुगेका शाहीलाई डाक्टर केसीका समर्थकहरुले दुर्व्यवहार गरेका हुन् ।

उनीहरुले शाही र भण्डारीलाई केसीसँग भेट्न नदिई फर्काएका थिए । मुख्यमन्त्री शाहीको टोली फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको हो ।

केसीपक्षले अवरोध गरेपछि मुख्यमन्त्री शाही र कानुनमन्त्री भण्डारीले त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर फर्किएको बताइएको छ ।
अहिले जुम्ला तनावग्रस्त छ ।