८ कार्तिक २०८३, आइतबार

हिउँ पहिरोमा फसेका दम्पतीको चार दिनपछि उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २९ पुस । तिब्बतसँग सिमाना जोडिएको गोरखाको उत्तरी दुर्गम गाउँ छेकम्पार–९ निलेस्थित हिउँपहिरोमा फसेका दुई जनालाई उद्धार गरिएको छ ।

चार दिनसम्म हिउँ पहिरोमा फसेका छिरिङ दोर्जे र उनकी श्रीमती छिरिङ यामजोङलाई स्थानीय बासिन्दाले सोमबार अबेर जीवितै उद्धार गरेका हुन् ।

छेकम्पारको छुलेनिले गाउँबाट डेढ घण्टाको दूरीमा रहेको धेरन गुम्बा कुर्दै आएका दम्पती हिउँ पहिरोमा फसेका थिए । गुम्बामा बस्दै आएका आनीहरू विशेष कार्यक्रममा सहभागी हुन काठमाडौँ गएपछि ती दम्पतीले गुम्बा कुर्दै आएका थिए ।

यसैगरी निलेमा रहेको निले लघुजलविद्युत् आयोजनामा पनि हिउँपहिरोले क्षति पु¥याएको स्थानीय निमा लामाले जानकारी दिनुभयो । “तीन दिनसम्म हिउँ खनेर फ्याँक्दासमेत विद्युत् गृहको छानो भेटाउन सकेनौंं”–लामाले भन्नुभयो, “लाखौंको चौंरी मरेको छ, स्थानीयको रुवाबासी छ ।”

गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले हिउँ पहिरोले पु¥याएको क्षतिबारे विस्तृतमा जानकारी आउन बाँकी रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले बाक्लो हिमपातले गर्दा प्रहरी घटनास्थलमा पुग्न नसकेको जानकारी दिनुभयो ।