८ कार्तिक २०८३, आइतबार

मंगलबारको उपत्यका बन्द फिर्ता लिन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ पुस । नेपाल उद्योग वाणिज्य महासंघले एमओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको (नेवा) उपत्यका बन्द फिर्ता लिन आग्रह गरेको छ ।

उद्योग व्यवसायका साथै सर्वसाधारणलाई प्रतिकूल असर पर्ने गरी केही राजनीतिक दलले आह्वान गरेको बन्द–हडतालप्रति असहमति जनाउँदै त्यस्ता सम्पूर्ण कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको महासंघबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

संवाद, सहकार्य र सहमतिबाटै सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै महासंघले वर्षौंदेखिको नेपाली जनताको आर्थिक–सामाजिक प्रगतितर्फ उन्मुख हुने चाहनालाई पूरा गर्न तथा नयाँ संविधान निर्माणको वातावरण बनाउन बन्द आह्वानकर्ता समूहलाई अनुरोध गरेको छ ।

दैनिक १२ देखि १४ घन्टा विद्युत्भार कटौतीको मार खेपिरहेको र अहिले पनि लगानीको पूर्ण वातावरण बन्न नसकेको अवस्थामा गराउन बन्दहडतालले थप समस्या सिर्जना गर्ने भएकाले बन्दका सम्पूर्ण कार्यक्रम तत्काल फिर्ता लिन आग्रह विज्ञप्तिमा उल्लेख छ ।

बन्दहडतालका कार्यक्रमको साटो विरोधका अन्य रचनात्मक र दबाबमूलक कार्यक्रम ल्याउन आग्रह गर्दै महासंघले जनताको स्वतन्त्र रूपमा हिँड्डुल गर्ने र पेसाव्यवसाय गर्न पाउने नैसर्गिक अधिकार सुनिश्चित हुने वातावरण निर्माण गरिदिन सरकार र प्रमुख राजनीतिक दलसमक्ष माग गरेको छ ।