१ कार्तिक २०८३, शनिबार

नेपालको समृद्धिका लागि प्रवासी नेपाली मञ्च अमेरिकाले सक्रियता थाल्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रवासी नेपाली मञ्च अमेरिकाले नेपालको आर्थिक समृद्धिका विषयमा बहस थालेको छ ।

काठमाडौँको पाँचतारे सोल्टी होटलमा विज्ञहरुको उपस्थितिमा मञ्चले शनिबार समावेशी समृद्धिका सम्भावना र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युनिभर्सिटी अफ मिनेसोटाका एशोसिएट प्रोफेसर डा. सतिश देवकोटाद्वारा प्रस्तुत ‘नेपालमा समावेशी समृद्धिका सम्भावना र चुनौतीहरु’ विषयक कार्यपत्रमा टिप्पणी गर्दै आर्थिक बर्ष ०७५/७६ को बजेटले खोजेको समृद्धिको बारेमा धारणाा राखेका थिए ।

कम्युनिष्ट सरकार भएपनि लोकप्रिय कार्यक्रम भन्दा समृद्धिलाई छुने दीर्घकालीन योजनामा बजेटले समेटेको बताए । आमनागरिकको बुझाइमा सामाजिक सुरक्षा भनेको भत्ता मात्रै बुझिएको छ । तर, सामाजिक सुरक्षामा विमा, स्वास्थ्य, शिक्षा र आवास पनि पर्छ, बजेटले त्यसलाई सम्बोधन गरेको छ । अर्थमन्त्री डा. खतिवडाले भने ।

प्रस्तुत कार्यपत्रमा डा. धिरेन्द्र कोइराला, डा. विजय पौडेल, डा. खड्ग केसी, डा. दिनेशचन्द्र देवकोटा, डा. शिव अधिकारी, डा. रमेश पौडेल, डा. डिल्लीराज खनालले टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रवास सहसंयोजक युवराज कार्की, राष्ट्रिय सभाका सचेतक सांसद खिमलाल भट्टराई, अनेरास्ववियुका पूर्वअध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, सांसद लक्ष्मण लम्साल, अनेरास्ववियुका महासचिव ऐन महर लगायत अर्थशास्त्री, प्राध्यापक, पूर्वमाननीय तथा नेकपाका नेताहरुको बाक्लो उपस्थिति थियो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले स्काईप मार्फत उपस्थितलाई स्वागत गरेका थिए भने केन्द्रीय सदस्य थोमस पीडितले सहजीकरण गरेका थिए ।