३० आश्विन २०८३, शुक्रबार

रणभूमि साप्ताहिकको परिचयपत्र बोकेका भण्डारी दम्पती अख्तियारको फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirकाठमाडौँ, २८ पुस । घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले मोरङबाट रामबहादुर भण्डारी र उनकी श्रीमती तुलसालाई  ५० हजार घुससहित पक्राउ गरेको हो  ।

रामबहादुरको  साथबाट रणभूमि साप्ताहिकको परिचय पत्रसमेत भेटिएकाले घटना झन रहस्यमय बनेको छ ।

उनीहरुले मोरङ–सुनसरी सिंचाइ आयोजनाका डिभिजन इन्जिनियर सुकदेव चौधरीसँग अख्तियारमा मुद्दा परेको छ भन्दै १० लाख घुस मागेका ती दम्पती ५० हजार घुस लिदैँ गरको अवस्थामा होटलबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट हिन्दु धर्म संरक्षण मञ्चको लेटरप्याड र अख्तियारको पत्र पनि प्रहरीले फेला पारेको छ ।