१ कार्तिक २०८३, शनिबार

अमेरिकामा सामूहिक ब्रतबन्ध सम्पन्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवाः अर्गनाईजेसन अफ अमेरिकाले आयोजना गरेको सामूहिक ब्रतबन्ध भव्यताको साथ सम्पन्न भएको छ ।

गत जुलाई १४ तारिख मेरिल्याण्ड राज्य स्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरूको सामूहिक ब्रतबन्ध सम्पन्न भएको हो ।

नेवाः अर्गनाईजेसन अफ अमेरिका भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले १७ वर्ष अगाडि स्थापना भएको भएको छ । नेवाः समुदायका पण्डित पुरोहित तथा साँस्कृतिक राजदुत बासव राजोपाध्यायद्वारा पूजाआजा गरी सम्पन्न भएको थियो ।

मन्दिरमा नेपाल जस्तै परम्परागत वैद्धिक विधिबाट ब्रतबन्ध सम्पन्न गरिएको साँस्कृतिक राजदूत बासव राजोपाध्यायदले बताए । सामूहिक ब्रतबन्धमा क्यानडाबाट ३, अमेरिकाको टेनेसी राज्यबाट २, मेरिल्याण्ड राज्यबाट ३, बोस्टनबाट १, भर्जिनियाबाट २ तथा पेनसेलभेनियाबाट १ जना गरेर कूल १२ जना बटुकहरूको सहभागिता रहेको थियो ।

बटुकहरूमा क्रमस मेरिल्याण्डका १९ वर्षीय देभान्सु तमोट, क्यानाडा ओटावा ओन्टारियो का १८ वर्षीय शोभान रंजितकार, पेनसेलभेनियाका १८ वर्षीय सिधान्त तिवारी, मेरिल्याण्डका १५ वर्षीय स्नेहल तमोट, भर्जिनियाका १२ वर्षीय रिकेश थन्जु, क्यानाडा ओटावा ओन्टारियोका ११ वर्षीय सक्रिय रंजितकार, क्यानाडा ओन्टारियो ब्रामटनका ११ वर्र्षीय रोनिनराज श्रेष्ठ, मेरिल्याण्डका १० वर्षीय शान श्रेष्ठ, बोस्टनका १० वर्षीय निर्भिक सिंह, टेनेसीका १० वर्षीय श्रीजन श्रेष्ठ, भर्जिनिया कै १० वर्षीय निलनराज जोशी तथा टेनेसीका ८ वर्षीय मृनभ श्रेष्ठको सहभागिता रहेको थियो ।

१२ जना बटुकमध्ये १ जना सिद्धन्त तिवारी मात्र ब्राम्हण थरका रहेका थिए । सामूहिक व्रत वन्ध रहेकोले कुनै जात र थर बिशेषको लागि मात्र नभएर मात्र सबैलाई स्वागत हुने आयोजकले बताए ।