१ कार्तिक २०८३, शनिबार

बेल्जियममा कविता बाचनसहित मनाइयो भानु जयन्ती

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली राम अम्माई

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरले नेपाली भाषा स्कुल आन्त्वेर्पेनको समेत सहभागितामा कबिता बाचन गरेर २०५ औ भानु जयन्ती मनाएको छ ।

अनेसास बेल्जियमका अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रम च्याप्टरका महासचिब सौरभ कारान्जितले संचालन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा बेनेलक्सका उपनियोग प्रमुख सुधिर भट्टराईको उपस्थित रहेको थियो । विशिष्ट अतिथिहरुमा एनआरएनए युरोप संयोजक र गैह्र आवासीय संघ बेल्जियमका अध्यक्ष लोक दाहालको उपस्थिति थियो । सम्मानित अतिथिहरूमा सोही च्याप्टरका भुपु अध्यक्षद्वय क्रमशः बिमल गिरी तथा दीपेन्द्र केशीको समेत उपस्थिती रहेको थियो ।

नेपाली दूताबासका प्रतिनिधि सुधिर भट्टराई र अनेसास बेल्जियमका अध्यक्ष राजकुमार पुडासैनीबाट पानसमा बत्ती बालेर आदिकवि भानुभक्तलाई स्रद्धासुमन ब्यक्त गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । साहित्य प्रेमी शुभचिन्तक र आगन्तुक पाहुनहरुलाई बेल्जियम च्याप्टरका बरिष्ठ उपाध्यक्ष परमानन्द सापकोटाले स्वागत गरेका थिए ।

आदिकवि भानुभक्त आचार्यको संक्षिप्त परिचय सोहि च्याप्टरका कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईले दिएका थिए । विशिष्ट पाहुनाहरु लगायत प्रमुख अतिथिहरु क्रमश शिब बरुवाल, लोक दाहाल, शिक्षिका सोफिया महर्जन कार्की लगायतले प्रवासमा रहेर नेपाली भाषा साहित्यलाई उर्वर गराउनमा अनेसासको ठूलो योगदान रहेको भन्दै शुभकामाना व्यक्त गरेका थिए ।

कार्यक्रममा बाल कबी क्रमश रोहित निरौला, आन्या ढकाल, आश्रय दाहाल र बिब्षा श्रेष्ठले बाल कबिता बाचन गरेर श्रोताको मन जितेका थिए । कवि तथा गजलकार बिमल गिरी, मोहन खत्री, गोपाल दाहाल, मुना निरौला, जमुना गैह्रे, यामु निरौला, दीपेन्द्र केशी, बर्मेली मुलकी नेपाली कबि टीका निरौला मैनाली, सौरभ कारान्जित, राजकुमार पुडासैनी र डिल्ली अम्माई लगायतले समेत आफ्ना कविताहरु सुनाएका थिए ।

प्रबासी नेपाली मंच बेल्जियमका महासचिब समेत रहेका साहित्यप्रेमी चन्द्र शर्माले भानुभक्तका जीवनमा आधारित रोचक प्रसङ्गहरु सुनाउदै नेपाली भाषालाई लिपिबद्ध गर्ने कार्यको शुभारम्भको श्रेय भानुमा जाने बताएका थिए ।

करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राजकुमार पुडासैनीले अनेसासले विगतका बर्षमा सम्पन्न गरेको र आगामी दिनमा गर्न सकिने कार्यहरुको समीक्षात्मक टिपोट प्रस्तुत गर्दै सबै सहभागीहरुलाई धन्यबाद दिए ।