३ कार्तिक २०८३, मंगलबार

यसरी लगियो मैदान विश्वकप ट्रफी (भिडियोसहित)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौा, ३१ असार । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल आजदेखि सकिादैछ । दुई युरोपेली राष्ट्र फ्रान्स र क्रोएसियाले २१ औं संस्करणको फाइनलमा भिड्दै छन् ।

मस्कोस्थित लुजिनिकी रंगशालामा आज राति पौने ९ बजे हुने खेलमा दुवै टोलीको लक्ष्य च्याम्पियन बन्नु रहनेछ । च्याम्पियन बन्ने टोलीले चार वर्षको लागि विश्व विजेताको हैसियत राख्नेछ ।

विश्वकप ट्रफीलाई विशेष सुरक्षा व्यवस्था गरी मैदान पुर्‍याइएको छ । विश्वकपको अहिलेको ट्रफीको डिजाइन सन् १९७० मा तयार पारिएको हो । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट कलाकार सिल्भियो गाजानिगाले बनाएको डिजाइन छानिएको थियो ।

विश्वकपको अहिलेको ट्रफीको लम्बाई ३८ सेन्टिमिटर छ भने यसमा ६ किलोभन्दा बढी सुन हुन्छ । ट्रफी विश्व फुटबल महासंघ (फिफा) को सम्पत्ति हो । हरेक विश्वकप विजेतालाई केही समयका राख्न ट्रफी दिइन्छ । त्यो केही समयपछि फिफालाई फर्काउनुपर्छ । राख्नलाई भने विजेतालाई ट्रफीको कपी बनाइएर दिइन्छ ।

इटाली मिलानको नजिकैको सानो सहर पाडेर्नो डुग्नानोमा बनेको यसपालिको विश्वकप ट्रफी आज कसले उचाल्ने हो त्यो अबको केही बेरमा थाहा हुन्छ ।

हेर्नुहोस् यसरी पुर्‍याइयो विश्वकप ट्रफी मैदानमा