२९ आश्विन २०८३, बिहिबार

जब को-पाईलटले उड्दै गरेको विमानभित्रै चुरोट सल्काए

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौं, ३१ असार । कुनै समय यस्तो थियो जतिवेला बसमा मानिसहरु सिटमै बसेर सिगरेट पिएका हुन्थे । तर, पछि विभिन्न नियम कानुनहरु बने वा मानिसहरुमा चेतनाको विकास भयो, त्यसपछि विस्तारै त्यस्ता व्यवहारहरुमा मानिस सचेत बन्दै गए । आजको अवस्थामा त मानिसहरु सार्वजनिक स्थानमा पनि सिगरेट पिउन हिचकिचाउँछन् । नेपालको सन्दर्भमा त्यो कानुन विपरित मानिन्छ ।

प्रायः यस्ता मानवीय व्यवहारहरु सरकारले अरुका लागि असरदार हुन्छ भनेर बन्देज गरेको हुन्छ । गुडिरहेको बसमा होइन, हवाईजहाजमा कसैले सिगरेट पिए के हुन्छ होला ? हामी मध्य धेरैलाई यो विषयमा थाहा नहुन सक्छ । तर, यस्तै घटना भएको छ चीनमा । त्यो पनि यात्रुले होइन सहचालकले नै ।

हङकङ देखि डालियन शहरका लागि उडेको एयर चाईना विमानका एक को–पाईलटले जब उडानका क्रममै सिगरेट सल्काए तब विमान आकास्मिक अवस्थामा पुग्यो । आफूले पिउँदै गरेको चुरोटबारे यात्रुहरुलाई थाहा नहोस् भनेर जब उनले चलिरहेको एयर कन्डिसनलाई बन्द गरे तब विमानमा तत्काल अक्सिनको कमी भयो ।

अक्सिजनको मात्रा अन्तिम आवश्यकताको तह भन्दा तल पुग्यो । उनले आफ्नो क्याप्टेनलाई पनि थाहा नदिई त्यो सब गरेका देखिएको चीनको नागरिक विमान प्रशासनले उल्लेख गरेको छ ।

विमानमा अक्सिजनको कमी भएपछि चालकले अक्सिजनका मास्कहरु छाडेका थिए । अचम्म लाग्दो कुरा त के भने त्यसपछि विमान ६ हजार ५ सय मिटर भन्दा तल सम्मको उचाईमा उडेको थियो । त्यो अवस्थामा चालक दलले आफ्नो सीटबेल्ट कसिलो पार्न समेत भनेका यात्रुहरुले बताएका छन् । जब विमानले क्याविनको दबाबलाई गुमाउँछ त्यतिवेला चालकले चालक दल र यात्रुहरुलाई सुरक्षित राख्न विमानलाई निम्न उचाईमा ल्याउने गर्छन ।

एक सुरक्षा अधिकारी कियो यिनका अनुसार चालक दलले त्यस्तो अवस्थामा आकस्मिक उपायहरु अपनाउन सुरु गरेको तर अक्सिजन मास्क छोड्दा सम्म उनीहरुले समस्या पत्ता लगाउन सकेका थिएनन् ।

पछि एक सदस्यले एयर कन्डिसन बन्द भएको देखेपछि त्यसलाई पुनः चलाएर विमानलाई पुरानो अवस्थामा फर्काएका थिए । त्यसपछि विमानले पुनः उडानमा गति लिएको थियो ।

चीनमा सन् २००६ देखि कुनैपनि विमान चालकले सिगरेट पिउन नपाउने नियम छ । तर, सन् २०१५ मा पनि एक विमान यात्रामा त्यो विमानको ककपिटबाट सिगरेटको गन्ध आएको यात्रुहरुले बताएका थिए । –एजेन्सी