डडेल्धुरा, ३१ असार । डडेल्धुरा जिल्लामा मुक्त हलिया पुनस्र्थापनाका नामा करोडौँको भ्रष्टाचार भएको खुलासा भएको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा २३ करोड बराबरको रकम हलिाया पुर्नस्थापनाका नाममा खर्च भईरहेको भए पनि वास्तविक हलियाहरुले भने उक्त रकम नपाएको उजुरीहरु आउन थाले पछि भ्रष्टाचारको रहस्य बाहिरिन थालेको हो ।
हलिया पुनस्र्थापनाको घर निर्माणका लागि आएको रकमबाट हलियाका नाममा पैसा उठाउने जिल्ला भरि एजेण्डहरु रहको र २३ करोड रुपैयाँमध्ये करिब ५ देखि ७ करोड रुपैयाको अनियमितता भएको हो । मुक्त हलिया पुनस्र्थापनाका लागि आएको रकम माथि ठूलो अनिमियता भएको कुरा बाहिर आईरहेको बेलामा जिल्ला भरिका मुक्त हलियाहरुले आफुहरुबाट रकम २५ देखी ३० हजारका दरले रकम मागेको बताएका छन् ।
मालपोत कार्यालय डडेल्धुरामा कार्यरत सुपरभाईजर मानबहादुर बिक लेखापाल र मुक्त हलिया समासज महासंघका जिल्ला अध्यक्ष तुलाराम सार्कीका नाममा लाखौको रकम अनियिमता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा उजुरी परको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा उजुरी परेपछि स्पष्टीकरण सहित छानबिन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरलाई लेखी पठाएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।
आर्थिक अनियमिततामा मुछिएका मालपोत कार्यालय डडेल्धुरामा कार्यरत सुपरिभाईजर मानबहादुर बिकले शुक्रबार नेपाल पत्रकार महासंघ ७ नम्बर प्रदेश सचिव करन ताम्राकारमाथि हातपात गरेका थिए । पत्रकारमाथि हातपात गर्नेलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया