३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबल: तेस्रो स्थानका लागि आज खेल्दै छन्, इंग्ल्याण्ड र बेल्जियम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, ३० असार ।
विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि शनिबार इंग्ल्याण्ड र बेल्जियम खेल्दैछन् । यी दुई टोली बीचको खेल राति पौने आठ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुँदैछ । इंग्ल्याण्ड आफ्नो सेमिफाइनल खेलमा क्रोएसियासँग २–१ ले पराजित हुन पुगेको हो भने र बेल्जियम फ्रान्ससँग १–० ले पराजित हुँदै बाहिरिएको हो ।

समुह चरण अन्तर्गत यी दुवै टोली एउटै समुह ‘जी’ मा रहेका थिए । बेल्जियम समुह विजेता हो भने इंग्ल्याण्ड उपविजेता हो । यसअघि यहि विश्वकप मै यी दुई टोलीबीच समुह चरणको अन्तिम खेलमा भेट भईसकेको छ । जसमा बेल्जियमले इंग्याण्डलाई हराएको थियो । विश्वकप इतिहासमै समूह चरणमा खेलिसकेका टोली तेस्रो स्थानका लागि भएको खेलमा भेटिएको यो पहिलो पटक हो ।

यसअघि बेल्जियम र इंग्ल्याण्डबीच २२ खेलमा भेट भएको छ । जस मध्य इंग्ल्याण्ड १५ खेलमा र बेल्जियम २ खेलमा विजयी भएका छन् भने पाँच खेल बराबरीमा सकिएका छन् ।