१ कार्तिक २०८३, शनिबार

नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नयाँ दिल्ली, २८ असार । एक नेपाली युवाले भारतको राजधानी नयाँ दिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।

कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा उनलाई सम्मान गरियो । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।

दीग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेको छ । भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए।

सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भ्रातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।