दोहा । गैरआवासीय नपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सचिव धर्मदेव मण्डलसहित तीन जनालाई पदमुक्त गरिएको छ ।
सचिव मण्डलसहित सदस्यद्वय आइबहादुर खत्री तथा महेन्द्रकुमार भुजेललाई पदबाट हटाइएको हो । लामो समयदेखि कतार बाहिर रहेको र संस्थाका बैठक तथा गतिविधिहरुमा अनुपस्थित रहेका कारण विधान बमोजिम उनीहरुलाई पदमुक्त गरिएको हो । ९ जनवरीमा बसेको एनआरएनए एनसीसीको बैठकले निर्णय गरी सो जानकारी सम्बन्धित व्यक्तिहरुलाई पठाइसकेको एनआरएन कतारका महासचिव बिनोद भट्टराईले जानकारी दिनुभयो ।
एनसीसी कतारले २०१३–२०१५ को चौथो तथा अन्तिम परिषद् भेला आगामी १३ मार्च २०१५ मा गर्ने निर्णय समेत गरेको छ । भेलाले निर्देशिका संसोधन समितिको संसोधन प्रस्तावमाथि छलफल गर्नुका साथै राष्ट्रिय परिषद् भंग गरी आगामी कार्यकालको लागि पंजिकृत सदस्यताको आह्वान तथा छैठौ राष्ट्रिय महाधिवेशनको मिति तय समेत गर्नेछ । त्यसैगरी आफ्ना कार्यक्रमहरुको समिक्षा गर्ने क्रममा दुतावासमा संचालित एनआरएनए परामर्श केन्द्रले हालसम्म करिब ७५ हजार सर्वसाधरणहरुलाई सेवा प्रदान गरिसकेको र त्यसलाई थप प्रभावकारी बनाउन दुतावासका कर्मचारीहरुसँग चाँडै नै अन्तरक्रिया गर्ने निर्णय समेत गरेको महासचिव भट्टराईले बताउनुभयो ।
यसैबीच, विगत करिब ३ दशकदेखि नर्वेमा बसोबास गर्दै आउनुभएका प्रोफेसर डा बिशाल सिटौलाको विस्डम वेसन नेपाल प्रमोसन बिषयक ज्ञानमुलक प्रस्तुति कतारमा सम्पन्न भएकोछ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद् कतारको आयोजनामा १० जनवरीका दिन यो कार्यक्रम भएको हो । कार्यक्रममा प्रोफेसर सिटौलाले आफूले नेपालमा भएका संस्कार, मुल्य मान्यता र परम्पराहरु महत्वपूर्ण बौद्धिक सम्पत्तिको रुपमा रहेको र यसलाई सही तरिकाले प्रबद्र्धन गर्न सके सिङ्गो मानव समाजलाई सन्तुष्ट र खुसी बनाउन सक्ने आधारह सहित करिब १ घण्टाको प्रस्तुति गर्नुभएको थियो ।














प्रतिक्रिया