काठमाडौं, २८ असार । अबिरल वर्षाका कारण काठमडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढी आउनुका साथै डुबान भएको छ ।
बुधबार रातभरि परेको अबिरल वर्षाका कारण हनुमन्ते खोलामा बाढी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरको जगाती तथा राधेराधे क्षेत्रमा बाढी आएको छ । बाटोसहितका क्षेत्रमा पानी भरिएको छ । जगाती क्षेत्रका घरमा पनि बाढी पसेको छ ।
अबिरल वर्षा रोकिन अझै केही घण्टा लाग्ने देखिकाले बाढी अझै बढ्ने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिएकी छन् । बाढीका कारण भक्तपुरको हनुमन्ते खोला आशपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
काठमाडौंको चावहिलमा सडकमा रुख ढलेर सडक अबरुद्ध भएको छ । रुखका ढलेका कारण बिहानैदेखि चाबहिल क्षेत्रको आवागमन प्रभावित भएको छ । प्रहरीले ढलेको रुख हटाउने प्रयास गरेको छ ।
ललितपुरका विभिन्न स्थानमा बाढी आएको छ । घरभित्र पानी प्रवेश गरेको छ ।























प्रतिक्रिया