एजेन्सी । फेसबुकले समाजमा अनेक खाले विकृतिहरु ल्याएको छ । फेसबुकले मानिसहरुलाई प्रेम सम्बन्धमा मात्रै होइन्, प्रेम टुटाउने साधन पनि बनेको छ । अझ कतिपयलाई धम्की र बाग्रेनिङको माध्यम समेत बनेको छ ।
भारतमा प्रेमिकासँगको यौन सम्बन्धको भिडियो बनाएर फेसबुकमा राख्ने आसिफ अनवर प्रहरी फन्दामा परेका हुन् । नयाँ दिल्लीमा २० वर्षीय एक युवती आफ्नै प्रेमीको शिकार भएकी हुन् । आफूसँग भएको गोप्य भिडियो फेसबुकमा राख्ने धम्की दिएर युवतीसँग ५० हजार रुपैया मागेको प्रहरीमा उजुरी गरेपछि आसिफलाई प्रहरीले पक्राउ गरेको छ ।
युवतीले उसँगको प्रेम सम्बन्ध तोडेपछि यस्तो हर्कत गरेको बताएकी छिन् । उनीहरुबीच एक होटलमा यौन सम्बन्ध भएको र सोही भिडियो मोबाइलमा लिएर युवक हिडिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आसिफले युवतीसँग ५० हजार रुपैया लिएर उनकै नामको फर्जी फेसबुक एकाउन्ट खोलेर भिडियो अपलोड गरिदिएका थिए । प्रहरीले आसिफमाथि कडा कारबाही थालेको छ । साथै यसखाले हर्कतबाट सजग रहन आह्वान समेत गरेको छ ।














प्रतिक्रिया