१ कार्तिक २०८३, शनिबार

निर्वाचनमा प्रत्यक्ष भूमिका रहनेछैन: पाकिस्तानी सेना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, २७ असार । सेनाको राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा ‘प्रत्यक्ष भूमिका नरहने’ पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएका छन् ।

सेनाको यो भनाई निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।

राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा तीन लाख ७० हजार सेना निर्वाचनका दिन मतदान प्रक्रियालाई निर्विग्न तरिकाले सञ्चालन गर्नका लागि तैनाद हुने भएपनि यसमा आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।

‘पाकिस्तानी सैनिक सुरक्षा बलको प्रत्यक्ष भूमिका रहने छैन’, उनले रावलपिण्डी सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म यो प्रष्ट पार्न चाहन्छु कि सेनाको निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन ।’

उनले राजनीतिक प्रक्रियामा आफ्नो सम्लग्नतालाई अस्वीकार गर्दै भने, ‘न त सेना न यसको गुप्तचर निकाय राजनीतिक उद्देश्यका लागि काम गर्दैन ।’

पाकिस्तानको निर्वाचन आयोगले सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । निर्वाचनलाई सफल बनाउन सवै तीन लाख ७१ हजार ३८८ सैन्य अधिकारीले निर्वाचन आयोगद्वारा तोकिएको जिम्मेवारीलाई निर्वाह गर्नेछन् ।

पाकिस्तानको सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज –पिएमएल–एन०, सञ्चारमाध्यम, राजनीतिक विश्लेषक तथा अधिकारकर्मीले पिएमएल–एनविरुद्ध अघोषित एवम् शान्तिपूर्ण रूपमा विद्रोह गराउन लागेको यहाँको प्रबुद्धहरूको संगठनले बताउँदै आएको छ । एएफपी