३ कार्तिक २०८३, मंगलबार

नेकपाले आज नियमावली टुङ्ग्याउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले एकतालाई विस्तार गर्न मंगलबार नियमावली टुङ्ग्याउने कसरतमा जुटेको छ । पार्टी विधानको अभिन्न अंगको रुपमा लिइएको नियमावली समयमै बन्न नसक्दा नेकपाको एकता विस्तार हुन सकेको छैन ।

एमाले र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भएपनि प्रदेश भन्दा तल र जनवर्गीय संगठनहरुबीचको एकता प्रक्रिया अन्योलमा छ । तत्कालीन एमाले र माओवादीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो ।

नियमालवी टुङ्ग्याउने गरि अहिले नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विधान अन्तर्गतको नियमावलीका सम्बन्धमा कार्यदलले प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आजको बैठक बसेको हो ।

यसअघि २३ असारमा बसेको केन्द्रीय सचिवालयको बैठकले नियमावली टुङ्ग्याउन सचिवालयका वरिष्ठ सदस्य बामदेब गौतमको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य थिए ।

त्यसअघि नै महासचिव बिष्णु पौडेलको नेतृत्वमा बनेको समितिले नियमावलीको मस्यौदा तयार गरेपनि त्यसलाई थप परिमार्जन गर्नुपर्ने आवश्यकता स्थायी समिति र सचिवालयले देखेपछि गौतम नेतृत्वमा शक्तिशाली कार्यदल निर्माण गरिएको हो ।

विधान अन्तर्गतको नियमावली टुङ्गिएपछि प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनहरुको समेत एकता प्रक्रिया सुरु हुनेछ ।