३ कार्तिक २०८३, मंगलबार

संसदीय सुनुवाई समितिको पहिलो बैठक आज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असार । संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक मंगलबार बस्दैछ । सोमबार मात्र गठन भएको समितिको पहिलो बैठक मंगलबार मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।

पहिलो बैठकको सभापतित्व राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नेछन् । समितिको प्राथमिकतामा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरूको सुनुवाइसम्बन्धी छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीन गरी १५ सदस्यीय समितिमा राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ ।

प्रतिनिधिभाको सोमबारको बैठकले नेकपाबाट योगेश भट्टराईसहित सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, शिवकुमार मण्डल, निरुदेवी पाल र पार्वत गुरुङ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुषालको नाम अनुमोदन गरेको हो ।

यसैगरी, राजपबाट कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम पनि अनुमोदन भएको थियो । राष्ट्रिय सभाबाट समितिमा जितेन्द्रनारायण देव, सुमन प्याकुरेल र नन्दा चपाईं रहेका छन् ।

संसदको पहिलो बैठक बसेको चार महिनापछि संसदीय समिति गठन भएको हो ।